राशिफल

पुष १४ गते शनिबारको राशिफल

By थाहा अनलाइन

December 29, 2018

विक्रमसम्वत २०७५ साल पुष १४ गते शनिबार नेपाल सम्बत ११३९ थिंल्लागा तदनुसार सन् २०१८ डिसेम्बर २९ तारिक कृष्णपक्ष सप्तमी तिथि विहान ८ वजेर ५१ मिनेटसम्म उप्रान्त अष्टमी तिथि,उत्तर फाल्गुनी नक्षत्र अपरान्ह २ वजेर ८ मिनेटसम्म उप्रान्त हस्ता नक्षत्र,सौभाग्ययोग, बवकरण,आनन्दादियोग उत्पात सूर्य धनु राशीमा,चन्द्रमा कन्या राशीमा । योगिनी विहान वायव्य र दिउँसो ईशान्य दिशामा रहनेछ । काल पूर्व दिशामा र पाश पश्चिम दिशामा रहनेछ । चन्द्रमा दक्षिण दिशामा रहनेछ । नयाँ काम गर्दा योगिनी,काल र पशा सम्मुख नपार्नु होला । दायाँ चन्द्रमा जहिले पनि शुभ हुन्छ ।

मेषः– संघर्षबाट नै लक्ष्य प्राप्ति हुनेछ । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । अधुरा काम सम्पादन हुनेछन् । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । स्वास्थ्य अनुकुल रहनेछ । पढाई लेखाईमा खासै प्रगति हुने छैन । पारिवारिक समस्या समाधान भएर जानेछन् । खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ ।

वृषः– काम गर्दा समस्या आउने छन् तर ती प्रयत्नबाट केहि समाधान हुनेछन् । दुविधा मुक्त भएर अगाडि बढ्नु होला । यात्रामा सामान्य समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन । आफुमा भएको उर्जालाई सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

मिथुनः– आर्थिक पक्षले पिरोल्नेछ । पारिवारिक खर्च अत्याधिक हुनेछ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । मनमा अशान्ति बढ्नेछ । भौतिक सुखमा कमि आउनेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त सँग मनमुटाव बढ्नेछ ।

कर्कटः– समय सामान्य अनुकुल देखिन्छ । निणर्य क्षमता थोरै कमजोर देखिन्छ भने कार्य क्षमता बढ्नेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । अरुबाट सहयोग लिएर काम गर्ने सपना नदेख्नु होला ।

सिंहः– बाह्य कुरामा ध्यान नदिई काम गरेमा उपलब्धि हात लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । अरुको भर नपर्नु होला आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पहिलो प्रयास असफल हुनसक्छ । दोहो¥याएर गरेका काम सफल हुनेछन् । कृषि औजार तथा यान्त्रिक कामबाट बढि लाभ हुनेछ ।

कन्याः– गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । काम गर्र्ने जोश जागर बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापारबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट कुराको सहयोग पाईनेछ तर व्यवहारिक सहयोग भने पाईने छैन । कुरा भन्दा काममा जोड दिनु होला ।

तुलाः– समय प्रतिकुल देखिन्छ । मनमा अस्थिरता बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला । आफन्तमा राम्रो गर्न खोज्दा नराम्रा हुनसक्छ । कर्म क्षेत्रमा चाण्डालको आगमन हुनसक्छ सतर्क रहनुहोला । विना उपलब्धिको यात्रा हुनसक्छ । व्यापार घट्नेछ भने खर्चमा वृद्धि हुनेछ । घरका समस्याले मनलाई अशान्ति बनाउनेछ ।

वृश्चिकः– दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । राजनीति तथा नोकरीबाट भने कम सन्तुष्टि मिल्नेछ ।

धनुः– समयले साथ दिनेछ । बाधा अवरोधहरु विस्तारै किनारा लाग्ने छन् । कामलाई निरन्तरता दिनु होला । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । आर्थिक कारोवारमा सचेत रहनु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । सहयोग मिल्नेछ ।

मकरः– समयमा सामान्य सुधार आउनेछ तर पूर्ण साथ भने दिने छैन । स्पष्ट कार्य योजना बनाएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका केहि उपलब्धिका काम सफल हुनेछन् । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् ।

कुम्भः– दिन प्रतिकुल बन्नेछ । अन्तिम चरणमा पुगेका काम रोकिन सक्छन् । परिश्रम खेर जान सक्छ । विश्वासमा धोका हुनसक्छ । काम गर्ने वातावरण विग्रेने छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ।

मिनः– समयले साथ दिनेछ । काम गर्ने वातावरण विस्तारै बन्नेछ । प्रयत्न गर्दा नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।