एलेकसफेरि म्यानचेस्टर युनाइटेडमा फर्किने



लण्डन, १४ पुस । म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनफेरि म्यानेचस्टर युनाइटेडको प्रशिक्षणमा फर्किने भएका छन ।

म्यानचेस्टर युनाइटेडका अहिलेसम्मका सफल र लेजेन्ड प्रशिक्षक ५ वर्षपछि क्लबको प्रशिक्षणमा मैदानमा देखिने भएका छन ।

२३ वर्ष म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेर काम गरेका फर्गुसनले सन् २०१२–१३ को सिजनमा क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएपछि सन्यास लिएका थिए ।

हाल पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकमा काम गरिरहेका ओली गुनरलाई केही टिप्स दिनका लागि उनी प्रशिक्षणमा आउने बताइएको छ ।

गुनर म्यानचेस्टर युनाइटेडको प्रशिक्षमा नियुक्त भएपछि क्लवले लगातार दुई खेलमा जित निकालेको छ । एजेन्सी

source: dainiknepal

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्