राहुल द्रबिडको कीर्तिमान, विराट कोहलीको नाममा



भारतीय टेष्ट टिमका कप्तान विराट कोहलीले अस्ट्रेलियामा थप अर्को कीर्तिमान बनाएका छन्।

बक्सिङ डे को दोस्रो दिन सतक बनाउनबाट १८ रनले चुकेका उनले राहुल द्रबिडको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

कोहलीले अष्ट्रेलियाविरूद्ध जारी टेष्ट सिरिजको दोस्रो खेलमा शानदार सतकीय इनिङ्स खेलेका थिए यो उनको टेष्ट करियरको २५ औं सतक थियो। यो सँगै विराट कोहली भारतका तर्फबाट एक क्यालेन्डर वर्षमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

कोहलीले  अष्ट्रेलियाविरूद्धको तेस्रो टेष्ट क्रिकेट म्याचको दोस्रो दिन ८२ रन बनाउँदै यो कीर्तिमान बनाएका हुन्।

कोहलीले अहिलेसम्म वर्ष २०१८ मा विदेशी भूमिमा ११३८ रन बनाइसकेका छन्। राहुल द्रविडले सन् २००२ मा विदेशी भूमिमा ११३७ रन बनाएका थिए। कोहलीले बिहिबार द्रबिडको उक्त रेकर्ड तोडेका हुन्।

यस्तै कोहलीले आगामी दोस्रो पारीमा ७४ रन बनाए भने विदेशी भूमिमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाउने छन्।

यो रेकार्ड अहिलेसम्म दक्षिण अफ्रीकाका पूर्वकप्तान ग्रीम स्मिथको नाममा छर उनले सन् २००८ मा विदेशी भूमिमा १२१२ रन बनाएका थिए।

स्मिथ पछि वेस्टइण्डिजका विवियन रिचर्ड्स ११५४ रन बनाएर दोस्रो स्थानमा छन्। उनले सन् १९७६ मा यो कीर्तिमान बनाएका थिए। कोहली यो कीर्तिमानको तेस्रो स्थानमा कोहली छन्।

कोहलीले वर्ष २०१८ मा दक्षिण अफ्रिकाविरूद्धको तीन टेस्ट म्याचमा ४७.६६ को औषतमा २८६ रन, इंग्ल्याण्डमा पाँच टेष्ट म्याचमा ५९.३० को औषतमा ५९३ रन बनाएका थिए।

यस्तै अष्ट्रेलियामा जारी तीन टेष्ट म्याचको पाँच पारिमा अहिलेसम्म ५१.८० को औषतमा २५९ रन बनाइसकेका छन्। कोहलीले सन् २०१८ मा अहिलेसम्म १३२२ रन बनाइसकेका छन्।

 

source: setopati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्