राप्रपा फुट्यो, कमल थापालाई छाड्दै पशुपति राणाले खोले नयाँ दल



सैघाली खबर,
काठमाडौं, २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी औपचारिक रुपमै विभाजन भएको छ । र, वरिष्ठ नेता पशुपति राणाले आफ्नै नेतृत्वमा नयाँ दल खोलेका छन् ।

अध्यक्ष कमल थापाको कार्यशैलीमा लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका राणा आइतबार औपचारिक रुपमै अलग्गिएका हुन् ।

२४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो । एकता भएको वर्षदिन नवित्दै राप्रपा दोस्रो पटक फुटेको हो । यसअघि प्रकाशचन्द्र लोहनीले पार्टी छाडेर आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका थिए ।

नयाँ दलको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’

यता राणाको नेतृत्वमा खोलिएको नयाँ दलको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ राखिएको छ । राणाले आइतबारै निर्वाचन आयोगमा दल दर्ताका लागि निवदेन समेत दिएका छन् ।

स्रोतका अनुसार नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे रहेका छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य नयाँ पार्टीमा रहेको दाबी गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्