‘बुक्लो माटोमा धान रोप्दै किसान ’



गिरिराज नेपाली
दाङ २२ , साउन

‘ खै , उव्जीए खाउला ,नउव्जीए नखाउला ’ व्यार्ड छिप्पीनै लाग्यो पानी पर्दैन , यही बुक्लोमा भए नी.. धान चित्त बुझाउनै प¥यौ । हुन के होला र ? तर चित्त वुझाउन भएपनि व्यार्ड घुर्सानै प¥यौ । 

तुलसीपुर उप–महानगरपालिका १७ का रामविर चौधरीले गुनासो गरे । सिचाईका लागि वैकल्पीक उपाय केही छैन । यही आकाशे पानीको भर हो । त्यो पनि पर्दैन । के होला र के खाउला भन्ने चिन्ता छ । चौधरीले भने ‘करिव एक विगाह खेत वाँझै छ । कहिले पर्ला पानी, कहिले सकिएला भन्ने चिन्ता छ । ’ विहान हलगोरु लगेर खेतमा पुग्यो एक गरा जोत्यो घर फर्कियो । १०÷१२ दिनमा सकिने खेती महिना दिन वितिसक्दा समेत सकिएको छैन । पानी नपार्द एकातिर समयको बर्बाद अर्कातिर अन्य आम्दानीको खेती चाँडै सिध्याई तिज मनाउने पैसा कमाउला बजार काममा जाउला भनेको महिना दिन वित्न लाग्यो खेती पर्दै–पर्दैन । के गरी खेती गर्ने हो ।
खेती नगरे खान नपाईन , कमाई नगरे नुन तेलको जोहो चल्दैन । के गर्ने के नगर्ने हैरान भए भन्दै उनले भने ‘ अन्य क्षेत्रमा पम्पीङ सेट पानी चाहादै खेती गर्दछन । तर हाम्रोमा त्यो पनि छैन । साउनमा खडेरी भयो । बुक्लोमा पनि धान रोप्नै प¥यौ । ‘ गाँउघरमा भन्ने गर्दछन । मुर्दा लाई घरमा राखी खेतको मेलो बनाउने वेलामा हो यो । तर टाँटी लागेको छ । आकाश तिर हेरेर चित्त दिन विताउनु परेको छ ।
मानो रोपी मुरी उज्वाउने वेलामा खेतका गरा गन्दै आज यति र भोली उति भन्दै दिन विताउनु परेको छ । पानी पर्र्दैन , नगरी नहुने खेत वाँझै रहने पो होकी भन्ने चिन्ताले छोएको छ । साउन महिनाको तेस्रो लाग्दा समेत वर्षा नहुदा किसानहरु खेती बिग्रिने चिन्तामा परेका छन । साउने टाँटीले किसान लाई थप चिन्तित वनाएको छ । अन्य क्षेत्रमा धान गोडाई सुरु हुन थाल्ला तुलसीपुरको विजौरी , घोराहीको नारायणपुर क्षेत्रमा धान रोपाई अझै सुरु हुन नसक्दा किसानहरुले खेतीमा मन मार्न सुरु गरेका छन । तुलसीपुर १८ का दिपेन्द्र नेपालीले धान पानी नपर्दा सानै खेती भए पनि यसपालीका धान रोपाई नगर्ने भएका छन । धान रोपाईका लागि समय सकिन्नै लाग्दा समेत पानी नपर्दा खेतमिा उनको मन मरेको वताए । उनले भने– व्यार्ड पनि छिप्पीसक्यो ्, अव रोपे पनि सप्रिदैन । दुख गरेर मात्रै के गर्ने ? कतिदिन रोप्ने छ । भनेर खेत कुर्ने , अरु काम गर्न सुरु ग¥यौ ।

दाङमा ३० प्रतिशत खेत अझै बाँझो   
जिल्ला कृर्षि विकास कार्यालय दाङले जिल्लामा ३० प्रतिशत खेतीमा अझै रोपाई हुन नसकेको जनाएको छ । समयमा पानी पर्न नसक्दा यसपालीको दाङको धान रोपाईमा ढिलाई भएको जनाएको छ । जिल्ला कृर्षि विकास कार्यालय दाङ सुचना अधिकारी भरतमणि पोख्रेलले जिल्लाका ३८ हजार हेक्टर धान खेत मध्ये २८ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको जानकारी दिएको छ । वाँकी करिव एक हजार २ सय क्षेत्रफलमा छुटफुट खेती भए पनि यो वर्ष खेती हुने वा नहुने भन्ने वारे कार्यालय संग कुनै जानकारी नभएको कार्यालयले जनाएको छ । जिल्ला कृर्षि विकास कार्यालय वरिष्ठ कृर्षि विकास अधिकृत दिपक कुमार शर्माका अनुसार ढिला वर्षातका कारण ढिलो धान रोपाई ढिलो भएको वताए । वर्षात कम हुदा यस वर्षको धान वालीको उत्पादकत्व समेत घट्न सक्ने उनले वताए । धान रोपाईको समय सिधिन लाग्दा समेत धान रोपाई हुन सक्दा धानवालीको उत्पादन यस वर्ष दाङमा १५÷२० प्रतिशत गिरावट आउने अनुमान जिल्ला कृर्षि विकास कार्यालयले गरेको वताए । जिल्ला कृर्षि विकास कार्यालय दाङका माटो विज्ञ दिवाकर यादव २५ – ४० दिन सम्ममा धान वाली लगाउन सकिने पनि २५ दिने पछिको धानको व्यार्डले उत्पादन कम दिने वताए । बुक्लो माटोमा पनि समय भित्र रोपाई गरेको धानवाली उम्रिए पनि सिचाईको प्रशस्त सुविधा भए वालीको उत्पादन राम्रो हुन सक्ने उनले वताए । यादवले धानवालीका लागि प्रशस्त सिचाई पुगेमा अझै वाली सप्रन सक्ने भएकाले धानवाली साउन सम्ममा लगाए सक्ने किसानहरु लाई आग्रह गरे ।

दाङमा फाँटफुट वर्षातको अनुमान

दाङमा निरन्तर वर्षात नभए पनि फाँटफूट वर्षात हुने भएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराही दाङका अनुुसार वितेको २४ घण्टामा दाङमा ८२ दशमलव ४ मिलिमिटर वर्षात भएको जनाएको छ । कार्यालयकी मधु कुमार मिश्रका अनुसार दाङमा फाँटफुट वर्षातको लक्षण देखिएको जानकारी दिईन । तर दाङमा अत्याधिक वर्षातको लक्षम पनि देखिएको छैन । वाँदल फाट्दै गईरहेकाले दाङमा यस वर्ष कम वर्षात हुने अनुमान गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्