यस्ता छन् बेसारका अधभुत फाइदा



दक्षिण एसियामा निकै उपभोग गरिने बेसारका अनेकौ फाइदा छन्। त्यसै खाँदा तितो हुने बेसारले खानाका परिवारलाई स्वादिलो त बनाउँछ नै । बेसारका फाइदा यतिमै सिमित छैन्।

बेसारमा प्राकृतिक रुपमै एन्टी सेप्टिक र एन्टि ब्याक्टेरियल तत्वहरु हुन्छन्। जसले गर्दा यसलाई काटो घाउ, जलेको ठाउँ र घाउँमा लगाउन सकिन्छ। चिसो लागेको छ भने पनि बेसारले औसधीको काम गर्छ। मनतातो दुधमा बेसार मिसाएर राति पिउँदा यसले फाइदा गर्दछ।

जानकारहरुले बेसारले रगत सफा गर्न र दुखाइ कम गर्ने औषधीको पनि काम गर्ने बताउँछन्। केही अध्ययनहरुले त बेसारले अलजाइमर जस्ता रोगबाट बचाउने वा रोक्न सहयोग गर्ने बताएका छन्। यसै गरि बेसारले मेटाबोलिजम बढाउने समेत काम गर्दछ।

बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो। सुन्निने समस्या भएको बेलामा यसको प्रयोग गरिन्छ। घुँडा सुन्निने तथा दुख्ने समस्यामा पनि बेसारको प्रयोग गरिन्छ।

धेरै पिसाब लागेमा
धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान\बेलुका १\१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने
गरेमा १\२ हप्तामै ठिक हुन्छ ।

आँखाको कमजोरीमा
राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।

सुख्खा खोकिमा
१ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान/वेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकि ठिक हुन्छ।

कुनैपनि घाउ, खटिरा वा काटेकोमा
राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

वायुगोला\गानो गएमाः
१ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ।

शरीर सुनिएमा मर्केमा
५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ।

गलगाँड भएमा
बिहान\बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन।

पेट फुल्ने रोग भएमा
हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ।

कफ जमेर दम हुनेमा
आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ।

रुघा लागेमा, सर्दि भएमा
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ।

मूख, घाँटीमा घाउ आएमा
२ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल\कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ।

खोकी लागेमा
१ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ।

टंसिल भएमा
टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ।

हात्ती पाइले रोगमा
गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ।

आँखाको रोगमा
घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ।

वाथ भएमा
घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ।

दाँत बलियो बनाउन
रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ।

अनुहार सुख्खा भएमा
मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहान/बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्