होचा मानिसले कस्ता कपडा छनोट गर्ने ?



प्रत्येक मौसममा फरक–फरक फेसन ट्रेन्ड देखिने गर्छ । अहिलेको गर्मी मौसममा पनि नयाँ–नयाँ फेसन भित्रिरहेका छन् । गर्मी मौसममा फेसनेबलसँगसँगै शीतल कपडाको पनि छनोट गर्नुपर्छ ।

यस्ता कपडाको छनोटले आफूलाई कुल फिल गराउँछ । यति मात्र नभएर कपडा रोज्दा आफ्नो उचाइलाई पनि ध्यान दिनुपर्छ । होचा मानिसले कस्ता कपडा छनोट गर्ने त ?

गर्मीमा कलरफुल र प्रिन्टेड कपडा पनि राम्रो हुन्छ । यदि उचाइ कम छ भने यस्ता कपडा छनोट गर्दा स–साना प्रिन्ट भएको कपडा रोज्नुपर्छ । वा सानो खलाका बुट्टा भएका कपडा छनोट गर्नुपर्छ । किनकि, ठूलो बुट्टावाला कपडाले झन् होचो देखाउँछ ।

बजारमा चलेको फेसन ट्रेन्डलाई फलो गर्दा आफ्नो शारीरिक बनावटलाई भने ध्यान दिनुपर्छ । यसका लागि फेसन ट्रेन्ड ट्राई गर्नअघि फेसन आर्टिस्ट वा डिजाइनरको सल्लाह लिँदा राम्रो हुन्छ ।

गर्मीमा धर्सावाला कपडाको पनि बढी प्रयोग हुन्छ । यस्तो प्रकृतिको कपडा रोज्दा ठाडो धर्सा अर्थात् भर्टिकल स्ट्राइपको छनोट गर्दा राम्रो हुन्छ । किनकि, तेर्सो धर्सा भएका कपडाले उचाइ कम देखाउने गर्छ ।

होचो उचाइका मानिसले फ्लोर लेन्थ भएका कपडा प्रयोग नगर्दा राम्रो हुन्छ । सकेसम्म घुँडासम्मको लम्बाइ भएको कपडाको प्रयोग गर्दा आकर्षक र अग्लो देखिन मद्दत पुग्छ ।

होचा महिला वा किशोरीले लेहेंगा रोज्दा हाई वेस्ट भएको रोज्नुपर्छ र सकेसम्म बोर्डर नभएको लेहेंगा प्रयोग गर्दा राम्रो हुन्छ । मन परिहाले पनि सानो बोर्डर भएको कपडा छनोट गर्दा अग्लो देखिन मद्दत पुग्छ । चोली वा लेहेंगामा प्रयोग हुने बुट्टा सानो र ठाडो खालका भएको कपडा रोज्नुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्