घरेलु हिंसामा परी पाँच महिलाको मृत्यु



सुभा। फिजीमा घरेलु हिंसाका कारण सन् २०१८ मा पाँच महिलाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

फिजीका महिलाको सङ्कट केन्द्र (एफडब्लूसीसी)ले शुक्रबार दिएको जानकारीअनुसार महिलाविरुद्ध हुने घरेलु हिंसाको अवस्था अझै पनि चिन्ताजनक अवस्थामै रहेको छ ।

सो संस्थाकी संयोजक शामिमा अलिले घरेलु हिंसामा परी मृत्यु भएकामध्ये अधिकाँशको हत्या उनीहरूका श्रीमान्बाट भएको बताए ।

देशभरी भएका अन्य कैयौँ हिंसाका घटनामा परी ठूलो सङ्ख्यामा महिला घाइते पनि भएको विवरण आफूहरूसँग रहेको उनको भनाइ छ ।

महिलाविरुद्ध हुने हिंसा नियन्त्रण फिजीमा अझै पनि चुनौतीपूर्ण कार्य नै रहेको अलिले बताए । उले आफ्नो कार्यालयमा आएका उजुरी तथा सूचनामध्ये झण्डै ४० प्रतिशतलाई प्रहरीसमक्ष लगिएको जानकारी दिए । सिन्ह्वा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्