बेलायत बर्कशायरकी ३१ वर्षीया महिलालाई यस्तो विरलै लाग्ने रोग लाग्यो, जसबाट दखी भएर उनले आत्महत्या गर्ने निर्णय गरेकी थिइन्। ३१ वर्षीया रेबेका ग्रिफिट्सलाई पाँच वर्षदेखि दैनिक सय पटक उल्टी हुन्थ्यो। यो रोगका कारण उनको अवस्था निकै जटिल भएको थियो। त्यसै कारण उनले आत्महत्या गर्ने सोच बनाएकी थिइन्।
रेबेकाले आफ्नो रोगका विषयमा जब डाक्टरसँग कुरा गरिन्, तब डाक्तरले इन्फेक्शनका कारण यस्तो रोग लाग्ने बताए। यस्तो इन्फेक्शन केवल बच्चा बेलामा मात्रै हुन्छ।
डाक्टरका अनुसार रेबेकाको केशमा भने यो इन्फेक्शन उनीसँगै विकासित हुँदै गयो र जब रेबेकाको शरीर कमजोर भयो तब यो विरामी सुरु भयो। रेबिकालाई डाइबिटीज पनि थियो जसका कारण सजिलैसँग यो रोगले आक्रमण गर्यो।
यो खतरनाक विरामीको नाम हो साइक्लिकल वोमेटिङ सिंड्रोम। यो रोग २५ हजारमध्ये एकजना व्यक्तिलाईमात्र हुन्छ। यो विमारीका कराण रेबेका निकै कमजोर भइन्। दिनभर उनी फोफामा बसिरहन्थिइन् र हिँडडुल गर्न सक्दिन थिइन्। यो खतरनाक रोगको उपचार रेबिकाको परिवारले जर्मनीमा गरायो। अहिले विस्तारै विस्तारै उनको अवस्थामा सुधार आएको छ।एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।