मुख्य समाचार

चरिकोटमा हिमपात, जनजीवन प्रभावित

By थाहा अनलाइन

December 29, 2018

दोलखाको उच्च भूभागमा हिमपात भएको छ। जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो।

हिमपातसँगै वर्षा भई चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ। जिल्लाको उच्च भागमा बसोबास गर्दै आएका तथा भूकम्पका कारण घर क्षति भई अस्थायी बसोबास गर्दै आएकाको जनजीवन कष्टकर बनेको छ।

हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटकको चहलपहलसमेत बढेको छ। काठमाडौंबाट नजिकको दूरीमा दोलखा आई हिउँसँग खेल्न बाहिरबाट पर्यटक आउने हुँदा जिल्लाको होटल व्यवसायी खुशी भएका होटल संघ दोलखाका अध्यक्ष सन्तोष पाठकले बताए।

दोलखको कालिञ्चोक र कुरीबजारमा अहिले हजारौंको सङ्ख्यामा हिउँ खेल्न पर्यटक पुगेका र कुरीका सबै होटल भरिएको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए।

रासस