तालमेलको सहमति अन्यौलमा



सैघाली खबर
दाङ २२ साउन

जिल्ला समन्वय समिति गठनका खलागि नेकपा माओवादी केन्द्र र नेकपा एमाले विच तालमेल भए पनि पछिल्लो समय उत्तः तालमेल अन्यौलमा परेको छ । दुई दलहरु तालमेलको सहमति लिदै एकअर्का विच दोषारोपण सुरु गरेका छन ।

जसका कारण सहमति अन्यौलमा परेको छ । गत असार २३ गते नेकपा माओवादी केन्द्र र नेकपा एमाले विच नेकपा एमालेले जिल्ला समन्वय समिति प्रमुख सहित ५ सदस्य र नेकपा माओवादी केन्द्रले उप–प्रमुख सहित ४ सदस्य लिने सहमति भएको थियो । तर नेकपा माओवादी केन्द्रले विज्ञप्ती जारी गरी उक्त सहमति नेकपा एमाले लाई नेकपा एमाले भङ्ग गरेको आरोप लगाउदै सञ्चार माध्यममा समाचार प्रकाशन गरे संगै नेकपा एमाले उक्त सहमति मान्न तयार रहेका वताएको छ ।

नेकपा माओवादी केन्द्रले सहमति अनुसार नेकपा एमाले कार्यन्वयन गर्न नसकेको आरोप लगाउदै सञ्चार माध्यम वाट समाचार प्रकाशन गरे संगै तालमेलको सहमति अन्यौलमा पुगेको छ । सहमतिमा दुवै दलका नेकपा माओवादीका केन्द्रिय सदस्य निर्मल आचार्य र जिल्ला सह–ईन्चार्ज हेमराज शर्मा र नेकपा एमालेका ईन्चार्ज एंव केन्द्रिय सदस्य मेटमणि चौधरी , जिल्ला अध्यक्ष टिकाराम खड्का र उप–सचिव सुरामणि वेल्वासे विच लिसखत सहमति भएको थियो । तर उक्त सहमति नेकपा एमाले कार्यन्वयन गर्न सहमत नभए पछि नेकपा माओवादी केन्द्रले आपत्ती जनाउदै असन्त्ष्ट्रि व्यक्त गरेको छ ।

सहमतिमा सकारात्मक एमाले

नेकपा एमाले दुई दल विच भएको सहमति प्रति सकारात्मक रहेको जनाएको छ । आईतवार एक विज्ञप्ती जारी गर्दै दुई पक्ष विच भएको सहमति कार्यन्वयनका लागि आफु सकारात्मक रहेको जनाएको छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का द्वारा हस्ताक्षर जारी विज्ञप्ती अनुसार नेकपा एमाले र नेकपा माओवादी विच भएको सहमति कार्यन्वयन गर्ने पुर्ण सहमत रहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्