अन्तर्राष्ट्रिय

अस्पतालको यति हदसम्मको लापरबाही – गर्भवती महिलालाई दियो एचआइभी संक्रमित रगत

By थाहा अनलाइन

December 29, 2018

उपचारका लागि अस्पताल भर्ना भएकी एक गर्भवती महिलालाई तामिलनाडुको एक अस्पतालमा एचआइभी पोजेटिभ भएको रगत दिइएपछि उनी पनि सङ्क्रमित भएकी छिन् । तामिलनाडु राज्यका प्रदेश स्वास्थ्यसचिव जे राधाकृष्णले गर्भवती महिलालाई एचआइभी पोजेटिभ भएका व्यक्तिले रगत दिएको थाहा भएको बताएका छन ।

पहिलेदेखि नै एचआइभी पोजेटिभ भएका ती व्यक्तिले अस्पतालका कर्मचारीलाई समेत खबर नगरी रक्तदान गरेको श्री राधाकृष्णले जानकारी दिए । उक्त व्यक्तिले जानाजान रक्तदान गरेको हो वा होइन भन्ने अनुसन्धान पनि भइरहेको अस्पताल प्रशासनले जनाएको छ । उहाँले दुर्भाग्यबस ती व्यक्तिमा एआइभी पोजेटिभ भएको जानकारी अस्पताललाई नभएको बताए ।

उक्त घटनामा प्रमुख जिम्मेवार देखिएका प्रयोगशालाका प्राविधिक र परामर्शदातालाई अवकाश दिइएको छ । पीडित महिलाका श्रीमानले गर्भमा रहेको बच्चामा एचआइभी सङ्क्रमित हुन नदिन सबै उपाय अपनाउन अस्पताल प्रशासनसँग आग्रह गरेका छन् । अस्पतालहरुमा एकजनालाई प्रयोग गरिएको सुई अर्को जनालाई लगाउँदा पनि यस्ता खालका रोग लाग्ने जनाइन्छ । समयमा नैं सचेत नहुँदा ठुलो समस्याको भागेदार हुनुपर्दछ । एजेन्सी