रेडक्रस अभियानमा एक करोडको लगानी चारसय जनालाई जिविकोपार्जनमा अनुदान



शिबराज पन्थी,
देउखुरी । गढवा ६ को दर्गम वस्ति खबरीखुटीकी ७१ बर्षिय खिरौली सुनारले बाख्रा पाल्ने भनी रेडक्रसबाट २५ हजार अनुदान पाएपछि खुसी हुनुभएको छ ।

त्यस्तै सोहि ठाउँ निवासी बिमला रोकाले बंगुर पाल्नका लागि रेडक्रसबाट २५ हजार पाएको बताउनु भयो भने भैंसी पालन गर्न संगिता सुनार र किराना पसल गर्न भनि संजु बिश्वकर्माले पनि २५ हजारका दरले रकम पाएपछि त्यसमा थप लगानी गरि आफ्नै ब्यवसाय गर्न उत्सुक भएको बताउनु भयो ।

आफ्नै ब्यवसाय गर्ने आइ उपाय नै नभएका हामीलाई रेडक्रसले काम गर्ने हौसला दिएको छ, हामीले तोकिए बमोजिमको काम गरेर बिश्वास जित्ने छौं, अनुदान पाएका ऊनिहरु लगायतका २६ जनाले खुसी ब्यक्त गरे ।

देउखुरीको गढवा र राजपुर गाउँपालिकाका १५ वटा वडाहरुमा रेडक्रसको समुदाय उत्थानशिलतामा अभिबृद्धि कार्यक्रम ले गरिब, विपन्न, अपांगता भएका, एकल महिला र सिमान्तकृत समुदायका चारसय जनालाई एक करोड बराबरको नगद जिविकोपार्जनका लागि अनुदान सहयोग गरेकोे छ ।

गढवा गाउँपालिकाका वडा नं। ३, ४, ५ र ७ का १ सय ४ जनालाई प्रतिब्यक्ति २५ हजारका दरले २६ लाख अनुदान सहयोग गरेको लगत्तै शुक्रवार गढवा ६ को दर्गम वस्ति खबरीखुटीमा एक कार्यक्रमको आयोजना गरि २६ जना सिमान्तकृत र बिपन्न समुदायका नागरिकहरुलाई २५ हजारको दरले ६ लाख ५० हजार अनुदान सहयोग गरेको छ ।

दुर्गा भवानी सामुदायिक विपद तथा जलवायु उत्थानशिल समितिका अध्यक्ष भरत जिएम को अध्यक्षतामा गढवा गाउँपालिका वडा नं। ६ का अध्यक्ष वालचन्द्र ठकुरी हमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सो रकमको आइएमई कोड वितरण गरिएको कार्यक्रमका फिल्ड अधिकृत देवि प्याकुरेलले जानकारी दिनुभयो ।

सो कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाका आठवटै वडाहरु र राजपुरका सातवटै वडाहरुमा छनौट भएका लाभान्वितहरु कुल चारसय जनालाई आयआर्जनका लागि सहयोग गर्ने कार्यक्रम रहेको इन्कोर परियोजनाका जिल्ला कार्यक्रम अधिकृत जगत तामाङले बताउनु भयो । गढवाको कोइलाबास, वडा नं। १ र २ मा पनि २६ जनाका दरले सोही बमोजिमको रकम हस्तान्तरण लगत्तै गरिने उहाँले बताउनु भयो ।

यसैगरी राजपुर गाउँपालिकाका ७ वटै वडाहरुमा कृयाशिल जलवायु उत्थानशिल समितिका १ सय ९२ जनालाई २५ हजारका दरले ४८ लाख रकम केहि समय लगत्तै वितरण गरिने परियोजनाले जनाएको छ ।

जिविकोपार्जनको कामगर्न छनौट भएका गरिब, विपन्न, अपांगता भएका, एकल महिला र सिमान्तकृत समुदायका नागरिकहरुलाई रेडक्रसले एक महिना अघि तालिम प्रदान गरि ब्यवसायिक दक्षता र क्षमता बढाएको हो ।

अनुदान वितरण गरेको १० दिनभित्र रकम पाएका नागरिकहरुले तोकीएको ब्यवसाय सुरु गर्नुपर्ने बताइएको छ । आयआर्जनका काम गर्नेहरुको ब्यवसायिक विमा गरिने र समय समयमा अनुगमन गरिने रेडक्रस फिल्ड कार्यालय गढवाले जनाएको छ ।

यसरी डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रसले देउखुरीका गढवा र राजपुरका १५ वटै वडाहरुमा रहेका सिमान्तकृत समुदायका नागरिकहरुको पहिचान गरि १ करोड रुपियाँ जिविकोपार्जनका लागि लगानी गर्ने अभियान थालेको रेडक्रस दाङका सभापति नारायण आचार्यले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्