ड्राइभर निदाउँदा २० फिटमाथि हावामा उड्यो कार, चालकलाई केही भएन



एउटा सडक दुर्घटनाको फोटो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बीएमडब्ल्यू कार दुर्घटना भएको फोटो र भीडियो भाइरल भएको हो । भिडियोमा एक कार रोडको छेउमा राखिएको बारमा ठोकिएर हावामा उडेको देखिएको छ । सुरुङको छतमा कार ठोकिएको छ ।

हावामा उड्ने क्रममा कयौं पटक कार ३६० डिग्री घुमेको छ । यो भिडियोलाई स्लोबाकिया प्रहरीले जारी गरेको छ ।

दुर्घटनामा गाडी चालकलाई भने केही पनि भएको छैन । जाँचका क्रममा उसको शरीरमा रक्सीको मात्रा फेला परेको छैन । यात्राका क्रममा निदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भिडियो अनुसार कार करिब २० फिट माथि हावामा पुगेको थियो । भिडियोलाई दुई दिनमा २० लाखले हेरेका छन् ।घटना उत्तर पूर्वी स्लोवाकियाको पोपराड नामको स्थानमा रहेको बोरिक सुरुङमा भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्