अनमोल हिरोइनहरुः कोही जमे, कोही हराए



नेपाली चलचित्र नगरीका हट केकका रुपमा चिनिन्छन् नायक अनमोल केसी । उनले अभिनय गरेका चलचित्रले दर्शकको राम्रो साथ पाउने गरेको छ । यति बेला उनी अभिनित चलचित्र ‘क्याप्टेन’ प्रदर्शनको तयारीमा छ भने चलचित्र ‘ए मेरो हजुर ३’ पनि छायंकन भइसकेको छ ।

अनमोलले काम गरेका प्रत्येक चलचित्रहरुमा नयाँ अभिनेत्रीहरुसँग रोमान्स गरेका छन् । उनीसँग रोमान्स गरेका अभिनेत्रीहरु कोही एक पछि अर्को चलचित्रमा व्यस्त भइरहेका छन् भने कोही चलचित्र नगरीबाट नै ‘लापत्ता’ पनि भएका छन् ।

अनमाेल र उपासनाअनमाेल र उपासना

अनमोल केसीले नेपाली चलचित्र होस्टलबाट नायकका रुपमा डेब्यू गरेका थिए । उनलाई निर्देशक हेमराजले चलचित्र नगरीमा नायकका रुपमा डेब्यू गराएका हुन् ।

अनमोल केसीले चलचित्र ‘होस्टल’मा अभिनेत्री प्रकृती श्रेष्ठसँग रोमन्स गरेका थिए । एक समय म्युजिक भिडियोमा राम्रो स्थान पाएकी प्रकृती श्रेष्ठ सोही चलचित्रबाट चलचित्रन गरीमा उदाएकी थिइन् ।

‘होस्टल’मा काम गरेपछि उनले विभिन्न अर्वाड समेत हात परिन् । त्यसपछि पनि उनी विभिन्न चलचित्रमार्फत दर्शक माझ आइन् । उनले नेपाली चलचित्र उत्सव, जिन्दगी रक्स, आभास लगायतका चलचित्रहरुमा काम गरिन् । तर दर्शकले उनलाई ‘होस्टल’ पछि कुनै पनि चलचित्रमा सोचे अनुरुपको साथ दिन सकेनन् ।

अन्तत नायिका प्रकृती श्रेष्ठ यतिबेला चलचित्र नगरीबाटै टाढा भइन् । पछि उनले अष्ट्रेलियन पिआर भएका सुदिप न्यौपानेसँग विवाह गरिन् । हाल उनी अष्ट्रेलियामा नै बसोबास गर्दै आइरहेकी छिन् ।

अनमोल केसीकोले नायकका रुपमा काम गरेको दश्रो चलचित्र हो ‘जेरी’ । उक्त चलचित्रलाई पनि निर्देशक हेमराज बिसीले नै निर्देशन गरेका हुन् । उनको दाश्रो चलचित्रलाई पनि दर्शकले राम्रो साथ दिएका थिए ।

‘जेरी’मा नायक अनमोल केसीले नायिका आना शर्मासँग स्कृन सेयर गरेका थिए । आना शर्माले पनि अनमोलसँग स्कृन सेयर गर्दै सोही चलचित्रबाट चलचित्र नगरीमा भित्रिएकी थिइन् ।

अनमाेल र आनाअनमाेल र आना

चलचिल जेरीमा उनले गरेको अभिनयलाई दर्शकबाट सकारात्मक टिप्पणी मिलेको थियो । उनलाई  सोही चलचित्रबाट नेफ्टा अर्वाडले २०१४ कि बेस्ट नायिकाको अर्वाड प्रदान गरेको थियो । अना हाल पनि चलचित्र नगरीमा सकृय छिन् । जेरीपछि उनले नेपालीचल चित्र ग्यांग स्टार ब्लुजमा काम गरेकी थिइन् ।

उनी अभिनित दोश्रो चलचित्र ग्यांग स्टार ब्लुजलाई भने दर्शकले अपेक्षाकृत साथ दिएनन् ।  त्यसपछि उनले ‘लभ इन्ट्यान्ट्ली’ नामक नेपाली सेरिजमा काम गरेकी थिइन् ।

 नायक अनमोल केसीले अभिनय गरेको तेश्रो चलचित्र हो ड्रिम्स । चलचित्र ड्रिम्सलाई भने सदावहार नायकको उपनाम पाएका साथै अनमोल केसीका आफ्नै पिता भुबन केसीले निर्माण तथा निर्देशन गरेका थिए ।

अनमोलको तेश्रो चलचित्रलाई पनि दर्शकले निकै मन पराएका थिए । चलचित्रले व्यापारका हिसाबबाट पनि ब्लक बस्टर व्यापार गर्न सफल भएको थियो ।

उक्त चलचित्रमा नायक अनमोल केसीले नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहसँग काम गरेका थिए । नायिका सम्राज्ञीले पनि अनमोलको चलचित्र ‘ड्रिम्स’बाट नै चलचित्र नगरीमा डेब्यू गरेकी हुन् ।

अनमाेल र सम्राज्ञीअनमाेल र सम्राज्ञी

उनले उक्त चलचित्रबाट विभिन्न अर्वाड समेत हात पार्न सफल भएकी थिइन् । सम्राज्ञी यतिबेला नेपाली चलचित्र नगरीकै महंगी नायिका बनेकी छिन् ।

उनले पछिल्लो समय एउटा चलचित्रमा काम गरेबापत १५ लाख रुपैयाँ लिने गरेकी छन् । उनलाई नेपाली चलचित्र नगरीकी सफल नायिकाहरु मध्यकी एक मानिन्छि । उनले अभिनय गरेका अधिकांश चलचित्रलाई दर्शकले मन पराएका छन् ।

केही समयअघि मात्र उनले एक हप्तामा २ वटा चलचित्रमा १५ लाख रुपैयाँ लिँदै लिखित सम्झौता गरेकी छन् । उक्त २ चलचित्रमध्य निर्देशक नवल नेपालले निर्देशन गर्न लागेको चलचित्र मारुनीको छायंकनमा जाने तयारीमा छिन् ।

नायिका सम्राज्ञीले ड्रिम्समा काम गरेपछि झरना थापको चलचित्र ‘ए मेरो हजुर २’ मा काम गरेकी थिइन् । उनले अभिनय गरेको दोश्रो चलचित्रलाई पनि दर्शले रुचाएका थिए ।

‘ए मेरो हजुर’ले पनि बक्स अफिसमा राम्रो व्यापार गरेपछि नायिका सम्राज्ञीलाई एक पछि अर्को चलचित्रको ओइरो नै लाग्न थाल्यो । त्यसपछि उनले २०१८ मा मात्र नेपाली चलचित्र मंगलम, तिमी सँग, कायरा, इन्टुमिन्टु लण्डनमा लगायतका चलचित्रमा काम गरिन् ।

उनले त्यसपछि पनि २ वटा चलचित्रहरुमा लिखित सम्झौता गरिसकेकी छन् । उनले सम्झौता गरेकामध्ये एक पुनम पाण्डेको चलचित्र मारुनी हो भने अर्को हेमराज विसीले निर्माण गर्ने चलचित्र हो । उक्त चलचित्रको नाम भने सार्वजनिक हुन बाँकी नै रहेको बताइएको छ ।

नायक अनमोल केसी अभिनित चौथो चलचित्र हो ‘गाजलु’ । नेपाली चलचित्र गाजलुलाई पनि निर्देशक हेमराज विसीले नै निर्देशन गरेका थिए । उक्त चलचित्रले पनि सफल व्यापार गरेको थियो ।

चलचित्र गाजलुमा अनमोलले नायिका सृष्टि श्रेष्ठसँग रोमान्स गरेका थिए । नायिका सृष्टि श्रेष्ठ २०१२ कि मिस नेपाल हुन । उनी मिस वल्र्डको यात्रमा २० औ स्थानसम्म पुग्न सफल भएकी थिइन् ।

अनमाेल र सृष्टिअनमाेल र सृष्टि

सृष्टि श्रेष्ठले चलचित्र गाजलुबाट नै चलचित्र नगरीमा डेब्यू गरेकी थिइन् । त्यसअघि उनले केही म्युजिक भिडियोमा भने काम गरेकी थिइन् । चलचित्र गाजलुमा उनले गरेको कामलाई दर्शकले निकै मन पराएका थिए । तर त्यसपछिका चलचित्रहरुमा भने उनी असफल भइरहेकी छन् । सृष्टि श्रेष्ठले गाजलु पश्चात चलचित्र रोमियो एण्ड मुना नामक चलचित्रमा काम गरिन् ।

उक्त चलचित्रमा उनले नायक बिनय श्रेष्ठसँग स्किृन शेयर गरेकी थिइन् । त्यसपछि सृष्टिले सबिर श्रेष्ठ निर्देशित चलचित्र ‘बाँध मायाले’ नामक चलचित्रमा काम गरेकी थिइन् ।

उक्त चलचित्रमा उनले नायक आर्यन अधिकारीसँग रोमान्स गरेकी थिइन् । उनी अभिनित तेश्रो चलचित्र बाँध मायालेलाई पनि दर्शकले अपेक्षाकृत साथ दिन सकेनन् । अनमोल केसीसँग अनस्कृन रोमान्स गरेकी नायिका हुन अदिती बुढाथोकी । उनले अनमोलको पाँचौ चलचित्र ‘कृ’बाट नेपाली चलचित्रमा डेब्यू गरेकी थिइन् ।

नेपाली चलचित्र ‘कृ’लाई पनि दर्शकले अत्याधिक रुचाएका थिए । चलचित्रलाई रुचाए पनि उक्त चलचित्रबाट अदितीको नाम त्यतिमाथि आउन सकेन ।
हाल उनी भारतमा बस्तै आएकी छन् । उनी एक मोडलिङ एजेन्सीको कन्ट्र्याकमा रहेर काम गरिरहेकी छन् । उनी उक्त मोडलिङ एजेन्सीसँग ४ वर्षे कन्ट्«याकमा रहेर काम गरिरहेको बताइएको छ ।

यस्तै अनमोल केसी अभिनित चलचित्र ‘क्यापटेन’ यतिबेला प्रदर्शनको तयारीमा छ । निदेर्शक दिवाकर भट्टराईले निर्देशन गरेको उक्त चलचित्र क्याप्टेनलाई भुवन केसीले निर्माण गरेका हुन् ।

यो चलचित्र दर्शकका प्रतिक्षित चलचित्रहरु मध्यको एक हो । यस चलचित्रमा पनि नायक अनमोल केसीले २ नवअभिनेत्रीहरुसँग काम गरेका छन् । उनले स्किृन शेयर गरेका २ नवअभिनेत्रीहरु हुन्, उपासना सिंह ठकुरी र प्रियंका एमभी ।

दुवै अभिनेत्रीहरुले यसै चलचित्रबाट चलचित्र नगरीमा डेब्यू गरेका हुन् । चलचित्र नगरीमा उदाउन लाागेका २ अभिनेत्रीहरुको चलचित्र भविश्य कस्तो रहला त्यो भने हेर्न बाँकी नै रहेको छ ।

नायक अनमोल केसी यतिबेला नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ को काममा ब्यस्त छन् । यो चलचित्रलाई नायिका तथा निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् ।

चलचित्र ‘ए मेरो हजुर ३’ मा पनि नायक अनमोल केसी नवअभिनेत्री सुहाना थापासँग रोमान्स गर्दै छन् । सुहानाले ‘ए मेरो हजुर ३’ बाट नै चलचित्र नगरीमा प्रवेश गरेकी हुन् ।

अनमाेल सुहानाअनमाेल सुहाना

उनी नायिका तथा निर्देशक झरना थापाकी छोरी हुन् । नायक अनमोल चलचित्र ‘ए मेरो हजुर ३’ मा एक सुपरस्टार गायकको भूमिकामा प्रस्तुत भएका छन् भने सुहाना उनको फ्यानका रुपमा देखिएकी छन् ।

चैत २९ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो ।

अनमाेल अदितीअनमाेल अदिती
प्रकृति र अनमाेलप्रकृति र अनमाेल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्