दाङ ।
पश्चिम दाङमा चुरोटको ठूटोवाट सल्किएको आगोले एकजना महिलाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं। ७ पातुखोला निवासी ७६ बर्षीया डल्ली बोटेले आफैंले खाएको चुरोटको ठूटो बाट आगो सल्किएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बवई गाउँपालिका वडा नं। ७ का वडा अध्यक्ष महाविर चौधरीले विरामी अवस्थामा रहेकी बोटे घरमा एक्लै रहेको र उनले आफैंले खाएको चुरोट फाल्दा सिरकमा आगो लागेपछि त्यसैमा जलेर मृत्यु भएको जानकारी दिए ।
भुलमा पराल विच्छाएर सुतेकी बोटेको कोठाको सिरक र अन्य कपडा जलेपनि घरमा भने आगो नलागेको हुँदा आगलागी बारे गाउँलेले रातिमा जानकारी पाउन सकेनन् ।
घटनावारे शनिवार विहान मात्रै पत्ता लागेको प्रहरीले जानकारी दिएको छ । घरमा एकजना नातीनी बुहारी मात्रै रहेको भएपनि गएराति उनी छुट्टै घरमा सुतेको हुँदा आगलागी बारे कसैले थाहाँ नपाएको प्रहरीले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।