अपराध

फरार प्रतिवादी पक्राउ

By थाहा अनलाइन

December 29, 2018

चोरी मुद्दामा संलग्न घोराही उप–महानगरपालिका १८ फुर्सेकाली बस्ने रमन बूढामगर पक्राउ परेका छन् । वांकें जिल्ला अदालतबाट फैसला भई हाल सम्म फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा विशेष सूचनाको आधारमा फेलापारी नियन्त्रण गरिएको छ ।

पक्राउ गरिएका अभियुक्तलाई दाङ देउखुरी जिल्ला अदालतको पत्रादेशले कारागार कार्यालय घोराही पठाइएको प्रहरीले जनाएको छ ।