नयाँ दल दर्ताका लागि राप्रपाका नेता राणा पक्षद्वारा निवदेन ,निवदेकको नाम ‘भेरीफाई’ हुदै



सैघाली खबर
काठमाण्डौ २२ , साउन
राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि पशुपति शम्शेर राणा पक्षले दिएको निवेदन निर्वाचन आयोगले दर्ता गरेको छ। अहिले निवेदन दर्ता भएको र निवेदकको नाम ‘भेरिफाइ’ गर्ने काम चलिरहेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दल दर्ताको निवेदन दर्ता भएको सेतोपाटीलाई जानकारी दिए। ‘अहिले दल दर्ताका लागि निवेदन दर्ता भएको छ,’ प्रवक्ता शर्माले भने, ‘नामहरू भेरिफाइ भइसकेपछि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुगेमा दल दर्ता हुन्छ।’

उनका अनुसार आयोगले निवेदनमा दर्ता भएका नामरहरू ‘भेरिफिकेसन’ गरिरहेको छ। नयाँ पार्टी दर्ताका लागि बुझाएको निवेदनमा नाम भएका सबै सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर प्रमाणित भएपछि दल दर्ता गरिने उनले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्