कालिकोटमा, राहात रकम तथा खाद्यान्न सरकारी टोलीले नै भ्रष्टचार



१४ पुष कालिकोट । कालिकोट जिल्लाको पलाता गाउँपालिका १ खाडाँमा भएको आगलागीलाई कतिपयले मौकाको चौका बनाईरहेका छन् । राजधानीमा बसेर अग्नीपीडिताको नाममा राहात संकलन गर्ने भन्दै ठूलो परिणाममा राहात संकलन गर्ने तर वितरण गर्दा भने थोरै र नाममात्रको वितरण गरेजस्तो गर्नको लागि गरेको स्थानीयको आरोप छ । गत पुस ८ गते भएको आगलागीले खाँडाका ४१ घरमात्रै जलेका थिए तर सरकारी तथ्याङकमा हेर्दा ८७ वटा घर जलेको भन्दै राहात पठाईएको देखिन्छ । राहात ८७ वटा घरको नाममा लिएपनि वितरण गर्दा जम्मा ४१ घरमात्रलाई गरेकोले बाकी राहात रकम तथा खाद्यान्न सरकारी टोलीले नै भ्रष्टचार गरी खाएको एक स्थानीय नेताले बताए । आगलागी पीडितको नाममा करोडौं भ्रष्टचार भएको छ, यसबारे छानविन गरिनुपर्छ, एक स्थानीय नेताको भनाई ।

यता आफ्नो राजनीतिक वस्र्चश्व कायम गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको पलाता गाउँपालिका १ खाँडाका अग्नी पीडितलाई पहिलो चरणको राहत सामाग्री वितरण गरेको छ । पुस ८ गते राती भएको आगलागीका पीडितलाई नेकपा कालिकोटले राहत वितरण गरेको हो ।

पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर अग्नी पीडितलाई राहत र उद्दारमा जुट्न निर्देशन दिएका थिए । नेकपाले अग्निपीडितहरूलाई ५० हजार नगद र ५० हजारको जिन्सी सामान राहत वितरण गरेको छ ।

नेकपाले पीडितलाई वर्गिकरण समेत गरेको छ । सोहीअनुसार राहत बितरण गरेको नेकपा कालिकोटले जनाएको छ । क्षतिअनुसार पीडितलाई तीन भागमा छुट्याइएकोक छ । पहिलो वर्गका पीडितलाई सबैभन्दा बढी, त्यसैगरी दोस्रो र तेस्रो गरी राहत सामाग्री बितरण गरेको नेकपा कालिकोटले जनाएको छ ।

त्यसैगरी नेकपाले पीडितका घर पनि बनाइदिने भएको छ । पुर्ननिर्माणको काम पनि केही दिनभित्रै सुरु गरे गर्ने नेकपा कालिकोट सेक्रेटरी मनिलाल ऐडीले जनाएका छन् । विप्लवले पुर्ननिर्माणमा जुट्न पनि निर्देशन दिएका थिए ।

यसअगाडी पनि विप्लव नेर्तत्वको नेकपाले कालिकोटमा राजमार्ग देखी विभिन्न विकासका कामहरु गर्दै आएका छ । सो पार्टीका अन्य जनवर्गिय संगठनहरुले समेत राहात वितरण गरिरहेका छन् ।श्रोत nepaliview

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्