राशिफल

पुष १५ गते आईतबारको राशिफल

By थाहा अनलाइन

December 30, 2018

विक्रमसम्वत २०७५ साल पुष १५ गते रविबार नेपाल सम्बत ११३९ थिंल्लागा तदनुसार सन् २०१८ डिसेम्बर ३० तारिक कृष्णपक्ष अष्टमी तिथि विहान ७ वजेर २ मिनेटसम्म उप्रान्त नवमी तिथि,हस्ता नक्षत्र अपरान्ह १ वजेर ३ मिनेटसम्म उप्रान्त चित्रा नक्षत्र,शोभनयोग,कौलवकरण, आनन्दादियोग मानस,सूर्य धनु राशीमा,चन्द्रमा राती १२ वजेर ३८ मिनेटसम्म कन्या उप्रान्त तुला राशीमा । काल उत्तर पाश दक्षिण दिशामा,योगिनी विहान ७ वजेर २ मिनेटसम्म ईशान्य उप्रान्त पूर्व दिशामा,शुक्र पूर्व दिशामा र चन्द्रमा दक्षिण दिशा दिन भर रहनेछन् ।

मेषः– यान्त्रिक काममा लगानी नगर्नु होला । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया हुनेछन् । श्रमको मूल्य लिन निर्क संघर्ष गर्नु पर्नेछ । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र लाभ लिन सकिनेछ । पुराना विवादको टुङ्गो लाग्नेछ ।

वृषः– अस्थिरता त्यागेर काममा लाग्नु होला । लगनशिल भएर गरेका कामबाट मात्र लाभ लिन सकिनेछ । विवादमा नपरि काम गर्दा राम्रो हुनेछ । व्यवसायिक प्रतिष्ठानबाट मुनाफा धेरै लिन सकिने छैन । प्रेमिकाबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । सहयोग गर्ने कमै भेटिने छन् । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

मिथुनः– भौतिका सम्पतिमा क्षति हुनसक्छ सतर्क रहनु होला । समस्याको भुमरीमा परिनेछ । काम गर्दै जादा आफन्त सँगको विश्वास गुम्नेछ । अनावस्यक खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश मिल्ने छैन । शारीरिक शिथिलता बढ्न सक्छ । आफन्त सँगको सम्बन्धमा चिसोपन बढ्नेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

कर्कटः–ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको कुरा सुनेर कुनै काम नगर्नु होला असफलता मिल्नेछ । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । काममा ढिला नगर्नु होला उपलब्धि गुम्न सक्छ । मिलेर कुनै कुरा नगर्नु होला ।

सिंहः– समय सुधारोन्मुख देखिन्छ । अरुको भर विश्वासमा काम गर्दा तल पर्न सकिन्छ सतर्क रहनु होला । खर्चमा नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्तिक कम हुने देखिन्छ । पुरानो संरचनालाई नभत्काउनु होला । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

कन्याः– संवेदनशिल भएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक उन्नतिका सम्भावना बढि नै देखिन्छ तर लगानी गर्दा विचार पु¥याउनु होला । काममा विलम्ब गर्दा उचित फाइदा लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । इष्टमित्र सकरात्मक हुनेछन् । घर खर्च बढि नै होला ।

तुलाः– काम गर्ने वातावरण अझै बन्ने छैन । सोचाईका विपरित काम हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन् । हेलचक्र्याई गरेर काम गर्दा दुःख पाईनेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । राज्यसँग सरोकार रहेका विषयमा आज अगाडि नबढ्नु होला । नगरेका कामको दोष लिनु पर्नेछ ।

वृश्चिकः– साथी भाईलाई दिएको धन फिर्ता हुनसक्छ । समयको ख्याल राखेर अगाडि बढ्नु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आत्मिय मित्रबाट सहयोग सहानुभूति मिल्नेछ । कार्य क्षमता घट्ने छैन तर समयमा काम गर्न सकिएन भने उचित उपलब्धि हात पर्ने छैन ।

धनुः– सामान्यतया समयले साथ दिनेछ । काम काजमा प्रगति राम्रै हुनेछ । काम गरे अनुसारको लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् । विगतमा विग्रेको सम्बन्धमा सुधार आउनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा भने विचार पु¥याउनु होला ।

मकरः–समय सुधारोन्मुख छ । विगतमा रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । धार्मिक काममा सहभागि हुने अवसर मिल्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । जीवन साथीको सहयोग मिल्नेछ । बाह्य व्यक्ति सँग मिलेर कुनै काम नगर्नु होला ।

कुम्भः–समयमा अझै सुधार आउने देखिन्न । असहज परिस्थितिमा काम गर्नु पर्ला । विगतका उपलब्धि गुम्न सक्छ सचेत रहनुहोला । आफन्त सँगको विश्वास र भरोसा टुट्ने छ । फजुल खर्च बढ्नेछ । कारोवारमा ध्यान दिनु होला, दिएको धन डुब्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार घाटा बढ्नेछ ।

मिनः– दिन सामान्तया अनुकुल नै देखिन्छ समयमा कार्य सम्पादन गर्न तिर जोड दिनु होला नत्र आएको अवसर पनि गुम्नेछ । वातावरण मिलाएर अगाडि बढ्नु पर्ने देखिन्छ । आर्थिक करोवारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । परिवारको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । घर छोडेर जाने अवस्था आउन सक्छ ।