सडक दुर्घटनामा परेकी महिलाको घरमा पुग्दा खुल्यो अर्कै रहस्य, उड्यो पुलिसकै होस



लण्डन। इङल्याण्डको केन्टमा शुक्रबार राती एक कार दुर्घटना भयो । पुलिसलाई एक तीब्र गतिको कारले ट्रकलाई पछाडिबाट ठक्कर दिएको सूचना प्राप्त भएको थियो । घटनास्थलमा पुगेको पुलिसले कार चालक महिलालाई नियन्त्रणमा लियो । सोधपुछमा जब महिलाको व्यवहार शंकास्पद लाग्यो त्यसपछि पुलिसको अर्को टिम उनको घरमा पुग्यो जहाँ निकै भयानक दृश्य देखियो ।

महिला ३७ वर्षकी समंथा फोर्ड भएको बताइएको छ । पुलिसलाई शंका लागेको थियो कि समंथा कुनै ड्रग डिलर हुन् वा उनी कुनै अपराध गरेर भाग्ने क्रममा ट्रकलाई ठक्कर दिन पुगेकी थिइन् । त्यसैले उनको लाइसेन्समा भएको ठेगानामा पुलिसको अर्को टिम पुगेको थियो । उनको घरमा निकै गम्भीर अवस्थामा दुई बच्चाहरु भेटिए । दुर्घटना भएको ४५ मिनेटमै पुलिस उनकोघरमा पुगिसकेको थियो ।

यी जुम्ल्याहा बच्चा ती महिलाकै थिए । मेडिकल स्टाफले बच्चाहरुलाई बचाउन निकै कोसिस गरे तर बचाउन सकेनन् । यो घटनापछि पुलिसको जाँचको दिशा नै बदलियो । पुलिसले एक दुर्घटनाको केस अनुसन्धान गर्दै जाँदा दुई जनाको हत्यासम्म पुगेको थियो । स्वयं पुलिस अधिकारी आश्चर्यमा थिउ कि एक आमा कसरी आफ्ना जुम्ल्याहा सन्तानको हत्या गर्न सक्छिन् ?

अहिलेसम्म समंथाले आफ्ना बच्चाको हत्या गर्नुको कारण बताएकी छैनन् तर पुलिसका अनुसार यो सोचविचार गरेर गरिएको षड्यन्त्र हो । पुलिसले समंथा र उनका पतिको सामाजिक संजाल जाँच गर्दा थाहा भयो कि यी दुईबीचको सम्बन्ध पछिल्लो समय ठिक थिएन । अब पुलिसले उनका पतिसँग पनि सोधपुछ गरेर यो विचित्र केस सुल्झाउने प्रयास गर्नेछ । अहिलेसम्म पुलिसले हत्याको कारण पत्तँ लगाउन सकेकोछैन । समंथालाई पुलिस हिरासतमा राखिएको छ र भोलि अदालतमा पेश गरिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्