बुढ्यौलीसँग हामीलाई डर लाग्छ । भनिन्छ, बुढ्यौली उमेरको कारण होइन, उसको चिन्तन, जीवनशैलीको कारण देखापर्ने संकेत हुन् ।
रजनीशले पनि को हुन् युवा भन्ने सन्दर्भमा यस्तै विचार व्यक्त गरेका छन् । उनी भन्छन्, युवा उमेरको कारण गणना हुने कुरा होइन । बरु उसको उर्जा, उत्साह, शक्ति आदिले निक्र्यौल गर्ने कुरा हो ।
निश्चय पनि बुढ्यौली हुनु एउटा जैविक प्रक्रिया हो । तर, हामी उमेर नपुग्दै बुढो हुन्छौं । किन ? किनभने हाम्रो जीवनशैली र चिन्तन खराब छ । यस्तो किनपनि हुन्छ भने, हाम्रो खानपान खराब छ भने त्यसले पनि शरीरलाई जीर्ण र बुढो बनाउन सक्छ ।
शरीरमा प्रयाप्त मात्रामा पानीको अभाव र अस्वस्थ खाद्य पदार्थको सेवनको कारण उमेर ढल्केको जस्तो देखिन्छ । उचित मात्रामा पोषक तत्वको कमीको कारण स्वास्थ्यमा हानिकारक हुनुको साथै छालाको चमक पनि हराउँदै गएको हुन्छ ।
धेरै जसो मानिसहरु आफु जवान देखिनको लागि शारीरिक अभ्यास गरिरहेको हुन्छ । कपाल देखि लिएर छाला सम्म हरेक कुरामा ध्यान दिइरहेको हुन्छ । तर दिनोजसो खाइरहने खानामा भने त्यति ध्यान दिएको पाइदैन । धुम्रपान तथा सुर्यको किरणमा धेरै वेरसम्म बस्नाले र प्रदूषणको कारणले पनि उमेरमा केही असर गरेको हुन्छ । केही खाद्य पदार्थले एजिंग प्रक्रियालाई बढाइरहेको हुन्छ । यसले छालामा चाउरीपन देखिनुको साथै छालाको कोशिकाहरु मर्छ ।
चिसो पेयपदार्थको बढी सेवन
साधारणतया गर्मी मौसममा पाईने चिसो पेयपदार्थहरु जस्तै, कोक, पेप्सी आदिको सेवन बढी मात्रामा हुने गरेको छ । यस्ता पेयपदार्थले उमेरमा केही असर पारेको हुन्छ । यी पदार्थहरुमा चिनीको मात्रा बढी हुने गर्दछ । यसको सेवनले एसिडिक हुन्छ जुन दाँतलाई खराब बनाउने गर्दछ । यसमा भएको सोडियमले शरीरमा पानीको मात्रालाई कम गर्दछ जुन एजिंग स्किनको मुख्य कारक हो ।
शरीरमा चिनीको मात्रा बढी भएमा
चिनी शरीरको लागि हानिकारक मानिन्छ । भनिन्छ चिनी पानीमा घुल्यो कि विष बन्यो । चिनीले छालाको कोशिकाहरुलाई नष्ट गर्दछ । साथै शरीरमा हुने कोलेजन र इलस्टिनलाई पनि नष्ट गर्दछ । त्यसैले चिनीको सेवन कम गर्नु पर्छ ।
मद्यपानको सेवन
मद्यपान गर्नु कसैको लागि पनि राम्रो होइन । कहिले काहीं केही मात्रामा मद्यपान गर्नु हानिकारक नभए पनि बढी मात्रामा यसको सेवनले स्वास्थमा नकारात्मक असर पारेको हुन्छ । मद्यपानको सेवनले भोक पनि बढी लाग्ने गर्दछ । त्यसैले मद्यपान स्वास्थको लागि हानिकारक छ ।
बेक्ड फुड

प्रोसेस्ड फुड (प्याकेजिङ खानाहरु)
प्रोसेस्ड फुड शरीरको लागि हानिकारक हुन्छ । यी खानाहरु क्म मात्रामा भिटामिल, मिनरल र एन्टिअक्साइडेट हुने गर्दछ जसले एजिंगको प्रक्रियालाई बढाउदछ । यसले पनि मानिस उमेर बढेको जस्तो महसुस हुने गर्दछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।