मुख्य समाचार

तराइका २० जिल्लामा बिदा

By थाहा अनलाइन

August 07, 2017

सैघाली खबर दाङ २३,साउन

रक्षा बन्धन मनाउने तराइका २० जिल्लामा सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो एक सूचना निकालेर आज रक्षा बन्धन मनाउने जिल्लाहरुका लागि बिदा दिइएको उल्लेख छ । झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर जिल्लामा आज बिदा दिइएको गृह मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।