काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आज संसदीय सुनुवाई हुँदैछ । सुनुवाईमा राणाले आफूमाथि परेका उजुरीको चित्त बुझ्दो जावफ दिए आजै राणाको नाम अनुमोदन गर्ने समितिको तयारी रहेको छ । राणामाथि नौ वटा उजुरी परेका छन् । उजुरीकर्ताहरुसँग समितिले शुक्रबार छलफल गरिसकेको जनाएको छ ।
दिउँसो २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा सुनुवाईका लागि राणालाई समितिले बोलाइएको हो । सुनुवाईका क्रममा राणाविरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाका विषयमा छलफल हुने संसदीय सुननुवाई समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।