काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा चिसो, माइनसमा झर्दै तापक्रम



काठमाडौंमा आइतबार बिहान यो वर्षकै सबैभन्दा जाडो भएको छ । काठमाडौंमा मौसम माइनस उन्मुख भएको मौसमविद्हरुले जनाएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा आइतबार बिहानको तापक्रम यो वर्षकै सबैभन्दा कम १ डिग्री सेल्सियसमा झरेको जानकारी दिएको छ ।

महाशाखाकाअनुसार आइतबार बिहान पौने ६ बजे न्यूनतम तापक्रम १ डिग्री मापन भएको र यो यस वर्षकै सबैभन्दा कम रहेको हो । यसअघि शनिबारको न्यूनतम तापक्रम १.५ र शुक्रबार १.४ डिग्री सेल्सियस मापन भएको थियो ।

काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम अझै घट्ने र माइनसमा झर्न सक्ने सम्भावना पनि बताइएको छ । आइतबार काठमाडौँ उपत्यकामा १६ देखि १८ डिग्री सेल्सियसको बीचमा अधिकतम तापक्रम रहने अनुमान गरिएको छ । आइतबार दिउँसो भने देशभरको मौसम सामान्यतया सफा रहने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्