मुख्य समाचार

दक्षिण एशियाली महिला सम्मेलनआज सकिँदै

By थाहा अनलाइन

August 07, 2017

सैघाली खबर काठमाडौं २३,साउन

दक्षिण एशियाका स्थानीय सरकारमा महिलाको सहभागी अभिवृद्धि बढाउने उदेश्यले काठमाण्डौमा चलिरहेको दक्षिण एशियाली महिला सम्मेलन आज सकिँदै छ । हिजोबाट सुरु भएको सम्मेलनले स्थानीय सरकारमा महिलाको सहभागीता अवृद्धि गर्ने, राजनितिक पहुँच विस्तार गर्ने लगायतका विषयमा छलफल गरिरहेको छ । स्थानीय सरकरमा महिलाको सहभागीता र राजनितीमा महिलाको पहुँचको विषयमा दक्षिण एशियामानै साझा मंच बनाउने उदेश्यले सम्मेलनको आयोजना गरिएको आयोजक सस्था दक्षिण एशियाली गरिवि उन्मुलन मंच महिला अभियानका संयोजक सर्मिला कार्कीले जानकारी दिनुभयो । सम्मेलनले दक्षिण एशियाली तहमा महिलामैत्री राजनितिक वातावरण बनाउन पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । सम्मेलनमा अफगानिस्तान बाहेक सार्क राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, भुटान, बङ्गलादेश, श्रीलङ्का र भाल्दिभ्सका महिला प्रतिनिधीको सहभागीता छ ।