सेक्स गर्ने बेलामा पनि फेसबुक लत



मानिसहरुलाई पनि अचम्म खालका लत बस्न सक्छन् । एकपटक धेरै कुरा गर्न रुचाउँछन् । जसलाई मल्टि टास्किङ पनि भनिन्छ । हुनसक्छ तपाईको पनि कुनै कार्यक्रम वा मिटिङमा भएको बेला मोबाइलको मेसेज पढने बानी या यस्तै यस्तै अन्य कुनै लत हुनसक्छ ।

या तपाईं केही न केही नगरी बस्नै नसक्ने खालको हुनुहुन्छ । तर, केही मानिसको यस्तोसम्मको लत हुन्छ कि, जो सेक्स सम्बन्धका बेला समेत फेसबुक चलाइरहन्छन् ।

कन्डम बनाउने एउटा कम्पनीले गरेको सर्भेमा छ प्रतिशत मानिसले सेक्स गर्ने बेलामा फेसबुक चेक गर्ने गरेको जवाफ दिएका छन् । यति मात्रै होइन, १२ प्रतिशत मानिसले त सेक्स गरिरहेको बेला फोन आउँदा उठाएर जबाफ फर्काएको समेत बताएका छन् । १०० मा १० प्रतिशत मानिसले चाँहि सेक्सको समयमा मोबाइलमा कसैको म्यासेज आएमा पढ्ने गरेको बताएका छन् ।

हुनसक्छ, फोन कल र म्यासेज कहिलेकाँही साह्रै महत्वपूर्ण हुन्छ । सेक्सको बेलामा पनि फोन रिसिभ गर्नु र म्यासेज पढ्नुलाई खासै बेठीक नमानिएला । तर, फेसबुक रु यो त कुनै गम्भीर चीज होइन । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्