सुर्खेतबाट हराएका तीन बालिका भेटिए



सुर्खेत – विद्यालय जान्छौँ भनेर बेपत्ता भएका सुर्खेत जिल्ला सिम्ता गाउँपालिकाका तीनजना बालिका बुटवलमा भेटिएका छन् ।

गएकाे पुस १० गते सिम्ता गाउँपालिका ९ खानिखोलाकी १४ वर्षीया निशा सिंह ठकुरी , त्यही ठाउँका दुई बहिनी १५ वर्षीया यमुना खत्री, र उनकी १२ वर्षकी बहिनी रिसिमा खत्री स्कुल जान्छौँ भनेर बेपत्ता भएका थिए ।

उनीहरुलाई आइतबार बिहान  बुटवल पासपार्क आसपासमा भेटिएको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख निरज चौलागाईले बुटवल प्रहरीको सहयोगमा उनीहरुलाई फेला पारिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एकजना मानिससँगै उनीहरु बुटवल बसपार्कमा भेटिएका हुन् । प्रहरीले ती मानिस नाम खुलाएको छैन । बुटवल फूपूको घर जाने भन्दै कोहलपुरसम्म उनीहरु गएको र त्यहाँबाट बुटवल जाने गाडी खोजेको अनुसन्धानमा पत्ता लागेपछि प्रहरीले बुटवल बसपार्कमा उनीहरुलाई फेला पारेको हो ।

उनीहरुलाई आइतबार नै सुर्खेत ल्याउन लागिएको प्रहरी प्रमुख चौलागाईंले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्