यी सुन्दरी पुलिसको हातबाट पक्राउ पर्न अपराध गर्छन् युवाहरु



हरेक महिला सुन्दर देखिन चाहन्छन् तर कहिलेकाहीँ उनीहरुको लागि त्यही सुन्दरता नै समस्या बनिदिन्छ । न्यूयोर्ककी सेरमिन केन्टम्यान जो शेरी नामले चर्चित छिन्, उनलाई पनि यस्तै समस्या भएको छ ।

९ वर्षसम्म न्यूयोर्क पुलिस डिपार्टमेन्टमा पुलिस अफिसर रहेकी शेरीको सुन्दरताका फ्यान थुप्रै छन् । शेरीको सुन्दरतामा मानिसहरु यतिसम्म पागल छन् कि उनको हातबाट पक्राउ पर्नको लागि जानीजानी अपराध गर्न थाल्छन् ।

यो सबैबाट हैरान भएपछि शेरीले अहिले जागिर नै छोडेकी छिन् । अहिले २७ वर्षकी शेरी ९ वर्ष पहिले न्यूयोर्कको मेट पुलिस डिपार्टमेटमा भर्ती भएकी थिइन् ।

जागिर चल्दै गयो यही बीचमा शेरीले सामाजिक संजालमा आफ्नो फिटनेस र वर्कआउटका फोटोहरु पोस्ट गर्न थालिन् । उनको सुन्दरता देखेर मानिसहरु विश्वास गर्न सक्दैनथे कि उनी पुलिस अफिसर हुन् ।

मानिसहरु उनलाई मोडल सम्झिन्थे । शेरीको सुन्न्दरता देखेर धेरै एड र मोडलिङ एजेन्सीले उनीसँग सम्पर्क गरे । उनले धेरै अफर आउन थालेपछि बल्ल आफूमा भएको खास गुणबारे थाहा पाइन् ।

अहिले शेरीले पुलिसको जागिर छोडेर मोडलिङ गर्न लागेकी छिन् । शेरीका धेरैजसो फ्यान भने उनलाई अहिले पनि पुलिस अफिसर नै मान्छन् । यही कारण उनीहरु आफूले अपराध गरेको भन्दै आफूलाई पक्राउ गर्न भनिरहन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्