आज राती चन्द्रग्रहण लाग्ने



सैघाली खबर
दाङ ,२३ साउन

श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भरे राति ११ बजेर सात मिनेटदेखि ग्रहण लाग्न शुरु भएर रातको एक बजेर ४ मिनेटमा सकिने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्र बिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्