मनोरञ्जन

रणवीरसंग धेरै झगडा भयो : दीपिका

By थाहा अनलाइन

December 30, 2018

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण एक भइसकेका छन्। रणवीर र दीपिकाले १४–१५ नोभेम्बरमा विवाह गरेका हुन्। विवाहपछि दुवै जना यतिबेला रोमान्समा व्यस्त छन्।

विवाहपछि पहिलो पटक दीपिकाले आफू र रणवीरबीचको सम्बन्धका विषयमा खुलेर कुरा गरेकी छन्। फिल्मफेयरलाई दिएको एक अन्तवार्तामा दीपिकाले आफूहरुको राम्रो सम्बन्धका कारण विवाह सम्भव भएको उल्लेख गरिन् ।

उनीहरुले करिव ६ वर्षसम्म डेट गरेका थिए। ६ वर्षसम्म एक अर्कालाई बुझेपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्।  दीपिकाका अनुसार उनीहरुले चार वर्ष पहिला नै इन्गेजमेन्ट गरेका थिए। यसको जानकारी दुवैजनाका परिवारलाई मात्र थाहा थियो।

यो कुरा कसैलाई पनि थाहा नहोस भनेर गोप्य राखिएको बताइन्। दीपिकाका अनुसार ६ वर्षको रिलेशनशीपमा आफू र रणवीरबीच धेरै पटक झगडा भएकोसमेत सुनाइन्। तर झगडाकै कारण ब्रेकअपका बारेमा कहिल्यै पनि नसोचिएको उनले खुलाइन्।