भिडियो

को हुन् यी युवा ? जसले १० वटा भाषामा गीत गाउँछन् (भिडियो सहित)

By थाहा अनलाइन

December 30, 2018

‘द भ्वाइस अफ नेपाल सिजन २’को लागि १० वटा भाषामा गीत गाउन सक्ने एक एक युवा भारतबाट नेपाल आएका छन् । गीत गाउन नै भनेर नेपाल आएका ती युवाको नाम सोम बहादुर परिवार हो ।

कसरी गाउँछन् त १० भाषामा गीत हेर्नुहोस् भिडियो

भारतमा नै जन्मिएका उनी भारतको एक होटलमा काम गर्दै आएको बताउँछन् । अब नेपालमा सुरु हुन लागेको ‘द भ्वाइस अफ नेपाल सिजन २’ को लागि गीत गाउँन काठमाडौंमा आएको पनि उनको भनाइ छ ।