तपाईलाई शनिको दोष लागेको छ ? त्यसो भए यसो गर्नुस्



ज्योतिषका अनुसार हरेक व्यक्तिको जीवनलाई सौर प्रणालीको विभिन्न ग्रहले प्रभावित गर्छन्। यी ग्रहको कारणले मानिसको जीवनमा राम्रो समय नि आउन सक्छ नराम्रो समयनि आउन सक्छ।

यदि खाटमुनि केहि बिशेष चिज राखियो भने जसको पनि नरम्रो समय टाढा हुनसक्छ। आज हामी तपाइलाई यस्तै केहि उपाय बताउन जाँदै छौ।

यदि कुण्डलीमा सुर्यको नराम्रो प्रभाब छ भने खाटमुनी तामाको भाँडोमा पानि राख्नुस वा सिरानीमुनि रातो चन्दन राख्नुस। चन्द्रको कारणले जीवनमा समस्या आइरहेको छ भने खाटमुनी चाँदीको भाँडोमा पानि वा चाँदीको गहना राख्नुस । मंगलले गर्दा समस्या भैरहेको छ

भने सिसाको भाँडोमा खाटमुनी पानि राख्नुस वा सुन चाँदीको गहना सिरानी मुनि राख्नुस। बुधको कारणले तपाइको जीवनमा समस्या आइरहेको छ भने सिरानीमुनि सुनका गहना राखेर सुत्नुस।

गुरुको कारणले कुनै काममा बाधा आइरहेको छ भने बेसारको केहि गाँठा पहेलो कपडामा बाँधेर सिरानी मुनि राख्नुस। शुक्रको शान्तिको लागी चाँदीको माछा बनाएर सिरानी मुनि राख्नुस वा चाँदीको भाँडोमा पानि हालेर खाटमुनी राख्नुस। यदि शनिको कारणले जीवनमा समस्या आइरहेको छ भने फालामको भाँडोमा पानि हालेर खाटमुनी राख्नुस।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्