अन्तर्राष्ट्रिय

अफगानिस्तानमा चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु

By थाहा अनलाइन

August 07, 2017

सैघाली खबर काठमाडौं,२३ साउन

अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् ।सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई चरमपन्थीहरुले निशाना बनाएका थिए । यो चौकीको नेतृत्व स्थानीय पुलिस नै लिएका थिए ।सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाउन शुरु गरेका थिए । उनीहरुले नजिकका घरमा आगोसमेत लगाइदिएका थिए ।अफगानिस्तानका राष्ट्रपति असरफ घानीले विज्ञप्ती निकालेर चरमपन्थी आक्रमणको निन्दा गर्नुभएको छ।