विवाह पहिला प्रियंकाका थिए ६ व्वाइफ्रेण्ड



प्रियंका चोपडा र निक जोनसले विवाह गरेको एक महिना भयो । भारतीय हिरोइनले अमेरिकी गायकसँग विवाह गरेको भन्दै उनको विवाहलाई नकै चासोका साथ हेरियो ।

विवाह हिन्दू संस्कृति र क्रिश्चियन रित अनुसार सम्पन्न भयो । प्रियंकाले आफूभन्दा १० वर्ष कान्छ निकसँग विवाह गरेकी हुन् । निकसँग विवाह गरेकी प्रियंकालाई हलिउडमा प्रवेश गर्ने प्रयास भन्दै समाचारहरु पनि आए जसको खण्डन प्रियंकाले पनि गरेकी थिइन् ।

निकसँग विवाह बन्धनमा बाँधिएकी प्रियंकाको विवाह अघि धेरै जना पुरुषहरुसँग नाम जोडिएको थियो भने जोनसको पनि धेरै युवतीहरुसँग नाम जोडिएको थियो ।

प्रियंका करियरको शुरुवातमा असीम मर्चेण्ट सँग जोडिएकी थिइन् । मोडलिङ गरिरहेकी प्रियंकाले जब ‘विश्व सुन्दरी’ को ताज पहिरिइन् तब उनले असीम मर्चेण्टसँग सम्बन्ध तोडिन् ।

प्रियंकासँग सम्बन्ध टुटेपछि असीम पीडामा परे । उनले आफ्नो र प्रियंकाबीचको घटनामा आधारित फिल्म ‘६७ डेन्जु’ बनाउने घोषणा गरेका थिए । तर फिल्मको काम अगाडि बढेन ।

‘अन्दाज’, ‘मुझसे शादी करोगी’, ‘वक्त – रेस अगेन्स्ट टाइम’ जस्ता फिल्ममा सँगै काम गरेका प्रियंका र अक्षयको जोडी फिल्ममा निकै रुचाइएको थियो ।

विवाहित अक्षयसँग प्रियंकाको प्रेमको हल्ला चल्न थाल्यो । तर अक्षयकी श्रीमती ट्विङ्कल खन्नाले दुवैलाई टाढा रहन चेतावनी दिएपछि सम्बन्धमा पूर्ण्विराम लाग्यो ।

अक्षयपछि उनको जीनवमा हरमन बावेजा आए । फिल्म निर्माता ह्यारी बावेजाका छोरा हरमन बलिउडमा पाइला राख्दै थिए । फिल्म ‘लब स्टोरी २०५०’ मा करीना कपूरसँग खेल्ने भनिएतापनि करीनाले फिल्म छोडिदिइन् भने प्रियंकाले फिल्म खेलिन् ।

फिल्म खेल्दासम्म उनीहरुको प्रेम पनि झाङ्गिएको थियो तर जब फिल्म फ्लप भयो तब उनीहरुको सम्बन्ध पनि सकियो । एउटा विशेष पार्टीमा एक अर्काको निकै नजिक देखिएपछि प्रियंका र टोमको नम्बरपनि साटासाट भयो । प्रियंकाले मिडियामा आफू अमेरिकनसँग ‘डेट’ गरिरहेको बताएपछि हल्लाले ठूलो रुप लिएको तर केही समयमा नै सेलायो ।

शाहिद कपूर र प्रियंकाबीचको रोमान्सका समाचारहरु पनि भारतीय सञ्चारमाध्यमहरु छाएका थिए । उनीहरुको प्रेमको खुलासा हुनुमा ‘इनकम ट्याक्स’ का अधिकारीहरुको हात रहेको थियो ।

 प्रियंकाको घरमा छापा मार्दा शाहिदले ढोका खोलेपछि उनीहरुको रोमान्सको चर्चा भयो । शाहरुख आफ्नी श्रीमती गौरीलाई धेरै नै माया गर्छन् । गौरीलाई पाउनको लागि धेरै मेहेनत गरेका शाहरुखको नाम प्रियंकासिवाय कसैसँग जोडिएको छैन ।

प्रियंकासँग फिल्म गर्दा गर्दै एक अर्कालाई मन पराउँन थालेको कुरा फिल्म निर्देशक करण जोहरसम्म पुगेपछि उनले गौरीलाई साथ दिएर उनीहरुको सम्बन्धको अन्त्य गराइदिए । त्यसपछि शाहरुखले प्रियंकासँग फिल्म खेल्न छोडिदिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्