‘सहिद ठुल कुमार श्रेष्ठ स्मृति प्रतिष्ठान’ तदर्थ समिति गठन



बलराम बुढाथोकी,

काठमाडौं । माओवादी जनयुद्धका क्रममा सहिद भएका ठुल कुमार श्रेष्ठको नाममा ‘सहिद ठुल कुमार श्रेष्ठ स्मृति प्रतिष्ठान’ संचालन गर्ने तदर्थ समिति गठन भएको छ ।

खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका वडा नम्बर-८ (दोबेला)मा  सहिद श्रेष्ठठको सालिक बनाउन तत्कालिन माओवादीका पूर्व नेताहरुले उनको सम्झनामा यो प्रतिष्ठान स्थापना गर्ने प्रतिवद्धता जनाएसँगै समिति गठन गरिएको हो ।

कोटेश्वको एक होटलमा नेत्र प्रसाद ढकालको अध्यक्षतामा यो तदर्थ समिति गठन गरिएको छ । अध्यक्ष नेत्र प्रसाद ढकाल, उपाध्यक्ष राधा श्रेष्ठ थापा, सचिव भलकाजी गुरुङ, कोषाध्यक्ष लंक नारायण श्रेष्ठ र सदस्यहरु तेज कुमार श्रेष्ठ, नविन कुमार श्रेष्ठ, मनि राई, जीत कुमार राई र प्रेम बहादुर बानियाँ गरी नौं सदस्य समिति गठन गरिएको छ ।

 

त्यस्तै प्रतिष्ठानलाई आवश्यक पर्ने आर्थिक संकलन गर्नको लागि मनि राईको संयोजकत्वमा चार सदस्यीय अर्थ समिति गठन गरिएको छ । अर्थ समितिमा संयोजक मनि राई, सह–संयोजक त्रिपु नारायण श्रेष्ठ, सदस्यहरुमा इन्द्र श्रेष्ठ र पारस श्रेष्ठ रहेका छन् ।

बैठकमा प्रतिष्ठानलाई आवश्यक पर्ने रकम संकलन गर्नको लागि भलकाजी गुरुङ र लंक नारायन श्रेष्ठको नाममा खाता खोल्ने निर्णय समेत भएको छ ।

पहिलो चरणमा जग्गा खरिद गर्ने निर्णय गरिएको छ । त्यसका लागि इन्द्र श्रेष्ठलाई जिम्मा समेत दिइएको समितिले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्