सल्यानमा यात्रुबाहक बस दुर्घटना



सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला वजारमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। नेपालगञ्जबाट पश्चिम रुकुम चौहरजहारीका लागि छुटेको ना ४ ख ७१४६ नम्बरको बस आइतबार दिउँसो पल्टिँदा पाँच महिला घाइते भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ।

घाइते हुनेमा सल्यानको कुमाख गाउँपालिका(५ निवासी दिलमाया रोकाय, बन्गाड कुपिण्डे नगरापालिका वडा( ५ निवासी १३ वर्षीया रीता नकाल, रुकुम चौहरजारी–१ निवासी ३१ वर्षीया प्रेमकला न्यौपाने, चौहरजारी–५ निवासी २६ वर्षीया प्रमिला पुन, सोही स्थानकी ३८ वर्षीया मीना मल्ल घाइते भएका छन्।

घाइते सबैको उपचार सल्लिवजारको मेडिकलमा भइरहेको इलाका प्रहरी कार्यालय सल्लीका इन्चार्ज सई शुसिल रावलले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्