तीन वर्षदेखि बाख्राको खोरमा बाधिएकी १९ वर्षिय तारा जैशीको दर्दानक कहानी



काठमाडौँ, । २ वर्षको उमेरदेखि बाख्राको खोरमा बाधिएर बसेकी कैलाली लम्कीचुहा नगरपालीका ६ बाहुनपुरकी १९ वर्षिय तारा जैशी विगत ३ वर्षदेखि बाख्राको खोरमा बाँधिएर बसेकी छन् । अस्वास्थ उनी बाख्राको मल मुत्रको गन्ध उनको लागि जीन्दगी नै भारी बनेको छ । मानसिक रुपमा अस्वस्थ तारा सामान्य परिवारमा जन्मिएकी थिइन् । सुरुमा शरिरभरि घाउ खटिरा आएर पुरै पाकेको शरिर धामीझाक्री लागाएर बल्ल तल्ल घाउहरु त निको भयो । तर त्यो भन्दा भयानक रोगबाट उनी ग्रस्त भइन् । जबकी उनले मानसिक सन्तुलन नै गुमाउनु पर्यो । परिवार चलाउन समेत धौ धौ परेको सामान्य परिवार आर्र्थिक संकटको चपेटामा थियो ।

उनको उपचारको त कुरै भएन् । मानसिक रुपमा अस्वस्थ तारा आफुले लगाएको कपडा च्यात्ने फाल्ने , भाग्ने जस्ता क्रियाकलापहरु गर्न थालेपछि उनको स्याहार गरेर उनलाई कुरेर बस्ने कोही नभएपछि उनी बाख्राको खोरमा बाँधिन बाध्य भइन् । आमा सुर्र्यकलाको दोस्रो सन्तानको रुपमा जन्मिएकी तारा की आमा दिनभरि मजदुरी गर्न घरबाट निस्कनु पर्ने सुर्र्यको बाध्यता थियो । जन्मदा निकै सुन्दर रहेकी ताराले जन्मेको ६ महिनादेखि नै समस्या झेल्दै आएकी थिइन् । ६ महिनाको उमेरमा नै थलिएर उठ्न नसक्ने भएकीी ताराले अन्तत मानसिक सन्तुल ओछ्यानमा थलिएर नै गुमाएइन् । ताराको परिवार दैलेखका बासिन्दा हुन् ।

उनीहरु कैलाली आएको भर्खरै तीन वर्षमात्र भयो । तीन वर्षको अवधीमा आमा सूर्य कलाको प्रयासमा तारा विस्तारै हिड्न डुल्न सक्ने त भइन् तर उनको मानसिक सन्तुलन भने सुध्रिन सकेन् । दिनभर मजदुर गरेर परिवार चलाउनुपर्ने बाध्यताको कारण उनलाई सम्हाल्न नसक्ने अवस्था सिर्जना भएपछि छोरीलाई बाख्राको खोरमा बाँधेर राखेर पर्ने अवस्था आएको आमा सूर्यकलाले बताइन् । आमा सूर्यकलाले आफ्नो छोरीको यो उमेरमा बाँधेर राख्नुको पिडा बताउँदै भनिन्, ‘बोल्न खानसमेत जान्दिन्, थालमा राखेर खान दियो भने भुईमा घोप्ट्याएर खाने गर्छे । नबाँधि राख्यो भने पछाडी हात राखेर भाग्छे । उमेर पुगेकी छोरी महिनावरी भएको बेलामा मलाई झन धेरै गाह्रो हुन्छ ।’

सुर्यकलाका श्रीमनले अर्को विवाह गरेदेखि घर फर्केर आएका छैनन् । तीन छोरा २ छोरीको जिम्मेवारी उनको काँधमा छ । गरिबीको चपटेमा गुर्जिएको ताराको परिवारलाई बिहान बेलुका छाक टार्न समेत गाह्रो हुने गर्छ । छोरीलाई पशु जस्तै गरेर राख्नुको पिडा पोख्दै आमा सूर्यकलाले भनिन्, ‘आर्थिक अभावको कारण छोरीको राम्रो उपचार गर्न पाएको छैन् । कसैले आर्थिक सहयोग गरे छोरीको राम्रसँग उपचार गर्नेथिए ।’

source: newsansar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्