युनाइटेडको विजय यात्रा जारी, पोग्बाले गरे २ गोल



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बोर्नेमाउथमाथि शानदार जित हात पारेको छ ।आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युनाइटेडले बोर्नेमाउथलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । बोर्नेमाउथको जितमा पाउल पोग्बाले दुई गोल गरे । त्यस्तै, मार्कुस राष्फोर्ड र रोमेलु लुकाकुले समान एक–एक गोल गरे । यता, बोर्नेमाउथका लागि नाथन एकेले गोल फर्काएका थिए ।

खेलको पाचौ मिनेटमा नै पोग्बाले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यस्तै, पोग्बाले नै खेलको ३३औं मिनेटमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई दोब्बर अग्रता दिलाएका थिए ।

खेलको ४५औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई तेब्बर अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा बोर्नेमाउथका एकेले गोल गर्दै पहिलो हाफसम्म ३–१ स्थितिमा पु¥याए । खेलको ७२औं मिनेटमा लुकाकुले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ४–१ गोलको जित दिलाएका हुन् ।जितपछि लिगको छैटौ स्थानमा रहेको युनाइटेडको २० खेलबाट ३५ अंक रहेको छ । पराजित बोर्नेमाउथको भने २० खेलबाट २६ अंक रहेको छ ।त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा बर्नेलीले वेष्टह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्