। बेलायतकी ३२ वर्षकी महिला एली लेसी गतवर्ष जनवरीमा भयानक रुपले बिरामी भइन् । बेहोसीको अवस्थामा उनका पति पलले उनलाईलिएर अस्पताल गए । रिपोर्टमा थाहा भयो कि उनको शरीरको सबैभन्दा जरुरी अंग अर्थात कलेजो पूरै फेल भएको थियो । कलेजो फेल हुनुको कारण डाक्टरहरुले बुझ्न सकिरहेका थिएनन् । एलीको ज्यान खतरामा परिसकेको थियो, त्यही बेला चमत्कार भयो ।
ठिक त्यही बेला डाक्टरले एलीकै रगत समूह मिल्े कलेजो दाता भेट्टाए । यी दाता ६० वर्षकी महिला थिइन् जसको मृत्यु भएको थियो । मृत्युपछि परिवारको इच्छाले महिलाको कलेजो दान गरिएको थियो । भाग्यवश एलीले सही समयमा ती महिलाको कलेजो पाइन् जो सफलतापूर्वक प्रत्यारोपण गरियो र उनको ज्यान बच्यो । कलेजो ट्रान्सप्लान्टपछि एलीले नयाँ जीवन पाएकी थिइन् तर डाक्टरले भारी कामबाट बच्न सल्लाह दिएका थिए । तर प्रत्यारोपणको ७ महिनापछि नै उनी गर्भवती भइन् ।
आफू गर्भवती हुनु एलीको लागि चिन्ताको विषय बन्यो । डाक्टरले उनलाई भनेका थिए कि प्रत्यारोपणका कारण उनी गर्भवती हुनु निकै खतरनाक हुन सक्छ । यसले उनको ज्यान पनि जान सक्थ्यो । एलिलाई थाहा थियो कि उनको ज्यान खतरामा छ तर उनी आमा बन्न चाहन्थिन् । एलिले भनिन् ‘जब मैले प्रत्यारोपणको जोखिम लिएकी थिएँ त्यतिबेला पनि मेरो ज्यान खतरामा थियो । यस्तोमा मैले सोचें कि एकपटक फेरि जोखिम लिन्छु ।’ भाग्यवश एलीले स्वस्थ बच्चालाई जन्म दिइन् र आफू पनि सुरक्षित छिन् । एलीका अनुसार बच्चालाई जन्म दिएपछि उनको मनमा सबैभन्दा पहिले ती महिलाको सम्झना आएको थियो जसको कलेजोको सहारामा उनी जीवित छिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।