रणवीर सिंहको ‘सिम्बा’ले पहिलो दिनमै तोड्यो उनकै यसअघिका फिल्मको रेकर्ड



वर्ष २०१८ को सुरुवातमै रिलिज भएको फिल्म ‘पद्मावत’ बाट खिलजीको भूमिकामा गरेको अभिनयले दर्शकको प्रशंसा बटुलेका अभिनेता रणवीर सिंहले वर्षको अन्त्य पनि फिल्म ‘सिम्बा’बाट दर्शकको तालीको गडगडाहटबीच गरे ।

नयाँ वर्षलाई केन्द्रित गरेर डिसेम्बर २८ मा रिलिज गरिएको फिल्म ‘सिम्बा’ले फिल्म समीक्षकको उत्कृष्ट रिभ्यू र दर्शकको प्रशंशा बटुलिरहेको छ । साथै यस फिल्मले आगामी दिनमासमेत दर्शकको राम्रो साथ पाउने अनुमान गरिएको छ ।

भारतीय चर्चित फिल्म समीक्षक तरण आदर्शले फिल्म सिम्बालाई ‘विजेता’ घोषणा गर्दै चार स्टार दिएका छन् । उनले ट्वीटर मार्फत ‘सिम्बा’ का सबै शोहरुले उत्कृष्ट व्यापार गरिरहेको बताएका छन् भने रणवीर सिंहका अहिले सम्मका फिल्महरु मध्ये प्रदर्शनको पहिलो दिनमै सर्वाधिक व्यापार गर्ने फिल्म रहेको बताएका छन् ।

taran adarsh

@taran_adarsh

roars on Day 2… While Mumbai circuit is exceptional, the other circuits that were slightly low on Day 1 have also picked up… Growth on Day 2 [vis-à-vis Day 1]: 12.60%… Expected to score big numbers today… Fri 20.72 cr, Sat 23.33 cr. Total: ₹ 44.05 cr. India biz.

943 people are talking about this
Twitter Ads info and privacy

‘सिम्बा’ले प्रर्दशनको पहिलो दिन शुक्रबार २०.७२ करोड को व्यापार गरेको छ भने दोस्रो दिन झन् पहिलो दिनको भन्दा धरै २३.३३ करोड कमाएको छ । यस अनुसार ‘सिम्बा’ले २ दिनमा ४४.०५ करोडको व्यापार गरेको छ ।

फिल्म ‘सिम्बा’ले रणवीर सिंहको फिल्मी करियरमा अहिलेसम्मका सफल फिल्मको रेकर्ड तोड्दै पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने फिल्म बनेको छ । उनको फिल्म ‘पद्मावत’ ले पहिलो दिनमा १९ करोडको व्यापार गरेको थियो ।

फिल्म ‘गुण्डे’ ले १६.२ करोड कमाएको थियो । उनको अर्को फिल्म ‘गोलियों के रासलीला : रामलीला’ले १६ करोड र ‘बाजीराव मस्तानी’ ले १२.८० करोड कमाएको थियो ।

करण जोहरको निर्माण तथा रोहीत शेट्टीको निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंहका साथै अभिनेत्री सारा अली खान, सोनू सुदको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्म ‘सिम्बा’ साउथ फिल्म ‘टेम्पर’ को हिन्दी रिमेक हो । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्