गणतन्त्र दैनिक १२ औ बर्षमा



दाङ । दाङको घोराहीबाट प्रकाशित हुदै आएको गणतन्त्र दैनिक १२ बर्षमा प्रवेश गरेको छ । २०६४ पुस १६ देखि पत्रिका नियमित रुपमा प्रकाशित हुदै आएको छ । २०६२/०६३ को जन आन्दोलनलाई संस्थागत गरी स्थायित्व प्रदान गर्नका लागि उल्लेख्य भुमिका खेल्दै आएको छ ।

सामाजिक परिर्वतनका लागि पत्रिकाको माध्यमबाट भुमिका खेल्ने उदेश्यका साथ पत्रिकाको स्थापना गरिएको पत्रिकाका सम्पादक तथा प्रकाशक सविन प्रियाशनले जानकारी दिनुभयो । पत्रिकाको वार्षिक उत्सवका अबसरमा मावि सेवार बनगाउँका विपन्न बाल वालिकाका लागि शैक्षिक सामाग्री प्रदान गरेको छ भने रंक्तदान कार्यक्रमको समेत आयोजना गरिएको प्रियासनले जानकारी दिनुभयो । पत्रिकाको बार्षिक १२ औ उत्सवको प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले मध्यण १२ बजे घोराही स्थित भिग्रेली भिजेजमा उद्घाटन तय भएको छ । ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्