बच्चा जन्माउनुअघि मज्जाले नाचिन् यी महिला (भिडियो)



काठमाडौं — भारतमा एक गर्भवती महिलाले बच्चा पाउनुभन्दा ठीक अघि मज्जाले नाचेको भिडियो अहिले भाइरल भइरहेको छ ।

लेबर रूममा ती महिला चिकित्सकसँग मिलेर नाचिरहेकी देखिन्छिन् ।

भिडियोमा देखिन्छ, महिलाले अस्पतालको कपडा लगाएकी छन् र उनी चिकित्सकसँग नाचिरहेकी छन् ।

नाचेपछि महिलाको सिजेरियन डेलिभरी भयो ।

ट्विटर प्रयोगकर्ता हर्ष गोयन्काले भिडियो शेयर गरेका हुन् । त्यसमा अनेकौं मानिसले प्रतिक्रिया दिएका छन् ।

घटना पञ्जाबको लुधियानामा भएको हो । घटना सार्वजनिक भएपछि महिलाले आफू नृत्यनिर्देशक भएको र गर्भवती हुँदा पनि अनेकपल्ट नाचेको बताइन् ।

उनले भनिन्, ‘नाचको कुनै विशेष कारण छैन । म दोस्रोपटक गर्भवती भएकी हुँ । पहिलोपटक पनि मेरो सिजेरियन डेलिभरी भएको हो । गर्भावस्थाका बेलामा उचित रेखदेखमा डान्स गर्नु उचित हुन्छ ।’

धेरै मानिसले यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् । गर्भवती हुँदा रिल्याक्स गर्ने यो राम्रो उपाय भएको धेरैको भनाइ छ ।

Embedded video

Harsh Goenka

@hvgoenka

Just a few minutes before the C-section delivery, the Doctor and the patient perform a nice jig. This happened in Ludhiana.

1,941 people are talking about this

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्