१६० केजी चरेससहित पक्राउ



वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले १६० केजी लागुऔषध चरेससहित १ जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरीबाट ना.४ ख.२९८५ नं.को ट्रकमा लुकाई छिपाइ वीरगंजतर्फ लैजादै गरेको सुचनापछि खटिएको प्रहरी टोलीले वीरगंग महानगरापालिका वडा नं.३१ बेल्वास्थित परवानीपुर मिलनचोक सड्क खण्डबाट चरेस बरामद गरेको हो ।

ट्रकको बडि र क्याविनको बिच भागमा फल्स बटम बनाएर ल्याउँदै गरेको अबस्थामा चरेससहित १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।

लागुऔषध चरेससहित ना.४ ख.२९८५ नं।को ट्रकका चालक जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.वडा नं.१२ पदमपोखरी बस्ने २९ बर्षका सागर वललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्