घोराहीमा औषधि नहालेरै केरा पकाउने लहर



गोविन्द खड्का ,
घोराही,।
औषधि नहालेरै केरा पकाउनका लागि खड्का फ्रुट सप्लायर्स घोराही शहिद गेटले बनना रिपेरिङ च्याम्बर सञ्चालनमा ल्याएको छ । विद्युतिय प्रविधिबाट पाकेका केराहरु बजार पठाएको छ ।

शुरुमा केरालाई फिट्किरी सहितको पानीमा पखालीन्छ । सफा केराहरु कयारेटमा हालेर चिस्यान गृहमा लगिन्छ । त्यहाँ केहि समय ताप दिएर केरा पकाईन्छ । त्यसपछि चिसो दिइन्छ ।

त्यसरी पाकेका केराहरु बजारमा पठाउँदा लामो समय सम्म नकुहिने सन्चालक बिरजीत खड्काले जानकारी दिनुभयो । पाकेका केरा निकाल्दा पनि पहेँला खाउँ खाउँको रहर लाग्दा हुन्छन् ।

महरा पेटोलपम्प पछाडि सृजनशिल टोलमा टहरा निर्माण गरेर प्रविधि राखिएको छ । विभिन्न कोठाा रहेको उक्त चिस्यान गृहमा स्याउ, अंगुर, सुन्तला, अनार लगाएतका फलफुल भण्डारण गरिएको छ ।

त्यसरी राखिएका फलफुल लामो समय समम टिकााउ हुने खड्काले जानकारी दिनुभयो । हत्त पत्त नकुहिने भएकाले थोक विक्रेता देखि फुट्कर व्यापारीका लागि उपयोगी छ ।

विभिन्न चाडपर्वका बखत केरा कुहिएर ठुलो क्षेति व्यहोरेकाले केरा पकाउने च्यामबर ल्याउनुपरेको खड्काको भनाई छ । मानव स्वास्थ्यमा हानि नहुने भएकाले पनि केरा पकाउने च्याम्बर ल्याएको हो ।

बच्चाहरुले बोक्रा चाट्ने, दाग लागेको छिद्रबाट पनि औषधि भित्र पस्ने भएकाले औषधि हालेर पकाएको केरा हानि कारक थियो ।

मानव स्वाथ्यमा जोखिम हुने भएकाले पनि महंगो प्रविधि भित्रयाउनु परेको खड्काको भनाईछ । च्यामबरमा पाकेको केरा ढुक्क संग खाए हुन्छ ।
एक हजार दर्जन पाँचसय क्यारेट सम्म केरा पकाउन सकिन्छ । गर्मिमा २४ र जाडोमा ४८ घण्टापछि च्याम्बरबाट केरा झिकिन्छ । बजारमा माग अनुसार च्याम्बरमा केरा राखिने खड्काले जानकारी दिनुभयो । औषधि हालेर पकाएका केरा भरसक नखान उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।
गत बर्ष देखिनै भरत फ्रुट सेन्टर घोराही १४ ले विद्युतिय प्रविधि बाट केरा पकाउन थालिएको छ । पहिलो पटक प्रविधि भित्रयाएका सन्चालक भरत विकले केहि समय परिक्षणमा राख्नुभएको थियो ।

त्यस संगै घोराही बजारमा तापले पकाएका केरा पाईन लागेका हुन् । अहिले खड्काले पनि मेसिन थप गर्नुभएको छ । यससंगै घोराहीमा औषधि हालेका केराहरु विस्थापीत हुने अनुमान गरिएको छ । उपभोक्ताले स्वस्थ केरा खानपाउने व्यवसायीहरुले बताएका छन् ।

यस अघि केरा पकाउन विभिन्न औषधि प्रयोग गर्थे । औषधि हालेको केरा भनेर टिका टिप्पनी हुन्थ्यो । ग्राहकहरुले विभिन्न पर्व एवं पुजा पाठमा लगेपनि आफैले खानका लागि लैजान रुचाउदैन्थे ।

सरकारी अनुगमन टोलिले पटक पटक औषधि हालेका केरा विक्रि नगर्न चेतावनी दिन्थ्यो । अब सरकारको सोँच र बजारको माग एकै साथ पुरा गर्न सकेको भरत विक बताउनुहुन्छ ।

आजभोलि हरियो केरा भेटियो भने औषधि हालेर पकाएको बुझ्नु पर्ने व्यवसायी वताउँछन् । त्यसका लागि उपभोक्ताहरु चनाखो हुनुपर्छ । जुन केराहरु फुटेको, कालो दाग बसेको, खाँदा कुनै स्वाद नभएको हुन्छ त्यो केरा औषधि हालेर पकाईएको हो ।

खाँदा केरा खाएको चिन्न सकिने स्वाद भएको, टाढैबाट हेर्दा पहेलो देखिने केरा बिद्युतिय मेशिनमा पकाईएको हो ।

नझुक्किएर स्वस्थ केरा खान चेम्बर सन्चालकहरुले सुझाव दिएका छन् । स्वस्थ केरा खुवाउन सकेको दावि गरेका छन् । केहि समय भित्रै घोराहीमा औषधि हालेका केरा विक्री नहुने उनिहरुको दावि छ । उपभोक्ताले खान नरुचाएपछि औषधि हालेका केरा सोतह विस्थापीत हुन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्