२ ट्रक एक आपसमा ठोक्किँदा बीचमा पर्यो कार, एकै परिवारका १० जनाको मृत्यु



गुजरातको भचाउ तालुकेमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । यहाँ टायर पड्किएपछि एउटा ट्रक डिभाइडरसँग ठोक्किएर अर्कोतर्फ पल्टियो । यही बेला अर्को ट्रक आएर पल्टिएको ट्रकसँग ठोक्कियो । दुई ट्रकको ठक्करको बीचमा एउटा कार पर्यो ।

कारमा करिब १५ जना सवार थिए । तीमध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको भारतीय मिडिया दैनिक भास्करले लेखेको छ । प्रहरीका अनुसार पल्टिएको ट्रकमा नुन थियो र यो ट्रक ओभरलोड थियो । कारमा सवार परिवार कबराउ मोगलधामबाट दर्शन गरेर फर्कदै थिए ।

मृतकहरु ४४ वर्षका अशोकभाइ गिरधारीलाल कोट्टे, ४० वर्षकी रिंबाबेन रमेश कोट्टिया, ३८ वर्षकीनिर्मलबेन अशोकभाइ कोटिया, १५ वर्षकी निकिताबेन रमेश कोटिया, १६ वर्षकी नन्दिनीबेन अशोकभाइ कोटिया, १६ वर्षकी थिरुपीबेन दिनेशभाइ कोटिया, १० वर्षका मोहित रमेश कोटिया, १२ वर्षकी भावना अशोकभाइ कोटिया, २० वर्षका हितेशभाइ सुनिलभाइ कोटिया तथा १८ वर्षका अर्जुन सुनिलभाइ कोटिया रहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्