ट्याक्टर दुर्घटना हुदा सहचालकको मुत्यु



दाङमा ट्याक्टर पल्टिदा एकजनाको मृत्यु भएको छ ।आईतबार दाङको बिजौरीबाट ईट्टा लिएर तुलसीपुर ७ प्रसेनी हुदै खाद्रे तर्फ जाँदै गरेको रा १ त २२०२ नम्बरको ट्याक्टर तुलसीपुर ४ बेलघारी स्थित अनियन्त्रित भई पल्टिदा सहचालक सल्यान दमाचौर घर भई हाल तुलसीपुरका १८ बर्षीय जीवन विकको मृत्यु भएको  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए  ।
अपरान्ह पाँचबजेतिर दुर्घटनामा भएको हो । घटना स्थलमै मृत्यु भएका बिकको शव राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्