बच्चालाई धेरै म्वाइँ नखानुस् , ठूलै असर पर्न सक्छ



बच्चालाई हेर्न तथा माया गर्दै म्वाइँ खान तछाडमछाड नै गर्छन् । यस्तोमा बच्चाको स्वास्थ्यमा असर नपरोस् भन्ने विषयमा पनि ख्याल राख्नु आवश्यक हुन्छ । अन्यथा, अभिभावकले गरेको सामान्य गल्तीका कारण बच्चालाई ठूलै असर पर्न सक्छ ।

सोही कारण बच्चालाई छुनुभन्दा पहिला हात धुने सल्लाह डाक्टरले पनि दिइरहेका हुन्छन् । बच्चालाई म्वाइँ खाँदा यस्ता असर पर्न सक्छन्ः

सानो बच्चाको इम्युनिटी पावर निकै कम हुन्छ । जसले गर्दा इन्फेक्सनले पनि चाँडै असर पुर्याउन सक्छ । सोही कारण यस्तो खराब बानीबाट जोगिनु सबैका लागि फाइदाजनक हुन्छ ।

बच्चालाई म्वाइँ खाँदा इबिबी भाइरस सर्ने खतरा रहन्छ । यो भाइरस एकपटक शरीरमा प्रवेश गरेपछि जिन्दगीभर नै रहिरहन्छ । रुघाखोकी लागेको समयमा त भुलेर पनि बच्चालाई म्वाइँ खाने गल्ती गर्नुहुँदैन । किनकि, रुघाखोकीको भाइरसले बच्चालाई चाँडै आक्रमण गर्न सक्छ ।

व्यक्तिलाई कुनै पनि प्रकारको रोग छ भने बच्चाबाट टाढै रहनु उत्तम हुन्छ । किनकि बच्चालाई त्यसले असर पुर्याउने सम्भावना बढी नै हुन्छ । बच्चालाई फ्लु हुने सम्भावना बढाउँछ ।-एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्