मृत्युलाई जित्न सफल कृष्णको कथा (भिडियो सहित)



बलराम बुढाथोकी,
जीवन अमूल्य छ । एक पटकको जीवन फेरि पाइन्छ या पाईदैन यो अहिले सम्म कसैलाई थाहा छैन । मैले अर्काे जीवन पाएको भन्ने संसारमा कोहिपनि देखिएको छैन र सुनेको पनि छैन । आफ्नो जीवन सफल बनाउने सबैको चाहाना हुन्छ ।

असल श्रीमती, राम्रो जागिर, आफूले चाहेको जस्तो घर अनि सदैब घरपरिवारको साथ सहयोग । यी सबैका साझा सपना हुन् । कतिपयका यस्ता सपना पुरा हुने गर्छन् त कतिपयका यी सपना सपना मै सीमित हुन पुग्छन् । कसैको त जीवन जिउनको लागि गरेको जागिर नै मुत्यु बन्न पुग्छ ।

दाङमा एक युवाले जीवन जिउनको लागि गरेको जागिरले उनलाई मृत्युको मुखमा पु¥यायो । हो, यही जागिरले उनका लाखौं सपना चकनाचुर बनाइदियो, यो देश नै परिवर्तन गर्न सक्छु भन्ने एक युवा मनलाई साहारा खोज्ने बनाइदियो ।

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म दगुर्ने खुट्टाहरु नै खोसिदियो । यो देशको सिमानाको नक्सा कोर्ने हातहरु टुटाइदियो । अनि आफ्नै पौरखले श्रीमतीलाई स्टाफ नर्स बनाउने सपना सपनामै सीमित बनाइदियो । आफ्ना सारा कुरा गुमाएका यी युवा हुन् दाङका कृष्ण ओली ।


कृष्णले पढाइ सकेर विद्युत प्राधिकरणमा जागिर गर्न थाले । त्यही जागिरले उसलाई साहारा खोज्नु पर्ने बनाई दियो । अहिले उनका दुबै हात र खुट्टा छैनन् । उनले खाना खान समेत अरुको साहारा लिनु पर्छ ।

उनको काम गर्ने क्रममा करेन्ट लागेर यस्तो अवस्था भएको हो । उनी अहिले पनि उपचार गरिरहेका छन् । अहिले सम्म उनको करिब ६० लाख रुपैयाँ खर्च भएको छ । अझै पनि उनको लागि कति खर्च लाग्ने हो थाहा छैन् । उनको बारेमा बुझ्न र सकेको सहयोग गर्नको लागि यो भिडियो अवश्य हेर्नुहोला

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्