दुर्घटना

प्युठानमा जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु

By थाहा अनलाइन

December 31, 2018

प्युठान : कुखुरा बोक्ने पिकअप जिपको टक्करबाट प्युठानमा एक पैदल यात्रुको मृत्यु भएको छ। प्युठान नगरपालिका ७ लिपकोट निवासी करिब ६३ वर्षीय इश्वर सुनारको प्युठान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। साेमबार बिहान करिब १०: १५ बजे खेतमा काम गर्न निस्केका सुनारको  से १ च २१७३ नम्बरको पिकअप जिपले टक्कर दिंदा मृत्यु भएको हाे। झिम्रुक गाउँपालिका ५ निवासी  चालक १९ वर्षीय अजय पोख्रेलसहित उक्त पिकअप जिपलाई  प्रहरीले आफ्नो नियन्त्रणमा लिएको डिएसपी निर्मल बुढाथोकीले बताए।